रेशम चौधरीको रिहाईका लागि विकल्प खोजिरहेका छौँ : माधव नेपाल | Khabarhub Khabarhub

रेशम चौधरीको रिहाईका लागि विकल्प खोजिरहेका छौँ : माधव नेपाल


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

धनुषा – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले राष्ट्रिय समस्याका रूपमा रहेको भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने जिकिर गरे ।

उनले भ्रष्टाचारको अन्त्य नभएसम्म देशलाई विकासतर्फ डोहो¥याउन कठिन हुने भएकाले यो राष्ट्रिय समस्या समाधान हुनु आवश्यक रहेको बताए । भ्रष्टाचारलाई निर्मूल पार्नु नै अहिले पहिलो प्राथमिकता हुनुपर्ने उनको कथन रहेको थियो ।

नेपालले भने, “सरकार मुलुकमा सुशासन कायम गर्नका लागि कदम उठाइरहेको छ । यो राम्रो विषय हो । नीति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानका उपाय खोज्ने गरी ल्याइएको छ ।”

अर्को प्रसङ्गमा अध्यक्ष नेपालले रेशम चौधरीको रिहाइका लागि आफूहरु लागि परेको बताए । उनले चौधरीको रिहाई गर्न विकल्पहरुको खोजी भइरहेको स्पष्ट पारे ।

मधेस सरकारको नेतृत्व परिवर्तन वा सरकार परिमार्जनको कुरा उठिरहेको बेला उनले जसपा संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वमा रहेको सरकारलाई नै निरन्तरता दिने गरी सहमति भएको बताए ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ९ : १२ बजे

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौँथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौँथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा