अर्थतन्त्र सुधारका लागि फजुल खर्च कटौती गर्नुपर्छ : पूर्वअर्थमन्त्री पौडेल | Khabarhub Khabarhub

अर्थतन्त्र सुधारका लागि फजुल खर्च कटौती गर्नुपर्छ : पूर्वअर्थमन्त्री पौडेल


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि फजुल खर्च कटौती गर्नुपर्नेमा जोड दिएका छन् ।

बुटवलमा आजादेखि सुरु भएको राष्ट्रिय पार्क सम्मेलनको उद्घाटन गर्दै पौडेलले यसका लागि सरकारले सबै दल र विज्ञसँग छलफल गरी फजुल खर्च कटौती गर्दै राजस्वले चालु खर्च धान्न सक्ने बजेट निर्माण गर्न सुझाव दिए।

उनले कानुनको अभावमा सामुदायिक वनभित्र सञ्चालित पार्कले समस्या र द्वन्द्व झेल्नुपरेको बताए । सरकारले कानुन बनाएर वैज्ञानिक ढङ्गले दिगो व्यवस्थापनको बाटो खोल्नुपर्नेमा जोड दिए ।

पार्कहरूको विशिष्टीकरण र वर्गीकरण आवश्यक रहेको बताउँदै सरकारले कानुन निर्माणमा बेवास्ता गरे निजी क्षेत्रबाट गैरसरकारी विधेयक दर्ता गरेर पनि कानुन बनाउन सकिने उनको भनाइ छ ।

सम्मेलनमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले धेरैजसो पार्कहरू वन क्षेत्रभित्र सञ्चालनमा रहेकाले बेला–बेलामा वनसँग हुने विवाद र द्वन्द्व अन्त्यका लागि स्पष्ट कानुन बनाउन दबाब दिनुपर्ने बताए।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजूलगायतले देसभरका पार्कहरूको सही ढङ्गले व्यवस्थापन गर्ने विषयमा सम्मेलन उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।

सम्मेलनमा पार्क व्यवस्थापनमा नीतिगत समस्या र कानुनी जटिलताका विषयमा संविधानविद् काशीराज दाहाल र पत्रकार डिआर घिमिरेले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका छन्।

सम्मेलनमा समुदायबाट सञ्चालित पार्कलाई लगाइएको मूल्यअभिवृद्धि कर, उपभोक्ता समितिबाट हुने निर्माणका सम्बन्धमा रहेका जटिलताका विषयमा पनि छलफल गरी आइतबार बुटवल घोषणपत्रसमेत जारी गर्ने सम्मेलनका सदस्यसचिव अनन्त सिलवालले जानकारी दिए ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ९ : २८ बजे

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०