टाइटानिकको भग्नावशेष देखाउने पनडुब्बी बेपत्ता | Khabarhub Khabarhub

टाइटानिकको भग्नावशेष देखाउने पनडुब्बी बेपत्ता


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टाइटानिक जहाजको भग्नावशेष देखाउन पर्यटक बोकेको पनडुब्बी एट्लान्टिक महासागरमा बेपत्ता भएको छ। पनडुब्बीमा पाइलटसहित पाँच जना रहेका थिए । आइतबारदेखि पनडुब्बी बेपत्ता भएपछि उद्धार टोलीले एट्लान्टिक महासागरमा खोजी कार्य जारी राखेको छ ।

पर्यटकलाई टाइटानिकको भग्नावशेष देखाउन लैजान प्रयोग गरिँदै आएको पनडुब्बी बेपत्ता भएपछि खोजी र उद्धार अभियान सुरु गरेको बोस्टन कोस्टगार्डले बीबीसीलाई बताए

पनडुब्बीमा सीमित अक्सिजन रहेको हुनाले हरेक मिनेटको गणना हुने अधिकारीहरू बताउँछन्। सोमबार साँझ अधिकारीहरूले भनेका छन्, ‘हाम्रो अनुमान छ कि उहाँहरूसँग यस समयमा ७० देखि ९६ घण्टा अक्सिजन उपलब्ध छ।’

टाइटानिकको भग्नावशेष क्यानडाको तटबाट ४०० नटिकल माइल टाढा एट्लान्टिक महासागरको मुनि ३ हजार ८०० मिटर तल छ। सो पानी जहाज अप्रिल १९१२ मा आफ्नो पहिलो यात्रामा आइसबर्गमा ठोक्किए पछि डुबेको थियो ।

सो जहाजमा रहेका २२ सय जना मध्ये ६०७ जना मात्र बाँचेका थिए । जुन जहाज १९८५ मा पत्ता लागेको थियो ।

 

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  १० : १६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’