तनहुँमा पहिरोले पुरिएर दुई जनाको मृत्यु | Khabarhub Khabarhub

तनहुँमा पहिरोले पुरिएर दुई जनाको मृत्यु


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा पहिराले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ का भीम भुजेल र उदयपुर कटारी नगरपालिका–७ का बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

ढिस्कोले पुरिएर घाइते भएका झापा शिवशताक्षी –७ का कृष्ण लिङ्देनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

मुग्लिन पोखरा सडकखण्डअन्तर्गत सडक छेउमा पर्खाल निर्माणका क्रममा सोमबार साँझ माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर तीन जना घाइते भएका थिए ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  १० : ५६ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र