सरकारले पहुँचका आधारमा रकम बाड्यो : सांसद तामाङ « Khabarhub

सरकारले पहुँचका आधारमा रकम बाड्यो : सांसद तामाङ


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका सांसद तारा लामा तामाङले अर्थमन्त्रीले पहुँचको आधारमा रकम बाडेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको बैठकमा मंगलबार बोल्दै सांसद तामाङले अर्थमन्त्री प्रकाशशरण महतले आवश्यकताको आधारमा भन्दा व्यक्तिको पहुंचको आधारमा रकम बाडेको बताएका हुन् ।

उनले सरकारले आवश्यकतालाई ध्यान दिनेभन्दा पनि पहुंचलाई आधार बनाएको भन्दै असन्तुष्टि प्रकट गरे । एमाले सांसद तामाङले अर्थमन्त्री र अर्थमन्त्रालयसंग आफ्नो निर्वाचन क्षेत्र रहेको कंचनपुरको छोटी भन्सारलाई व्यवस्थित गरेर राजस्व संकलन कसरी संकलन गर्ने भन्ने कुनै योजना नभएको आरोप लगाए ।

कंचनपुरको वेलौरी भन्सारले धेरै क्षेत्र ओगट्थ्यो । तर, त्यसलाई व्यवस्थित नगरी सेटिङको भरमा छोटी भन्सार नचलाएको भन्ने सुनेको छु । यो काम सरासर गलत हो । अर्थमन्त्रालय र अर्थमन्त्रीको यसमा ध्यान जान आवश्यक छ ।’ सांसद तामाङले बैठकमा बोल्दै भने ।

सांसद तामाङले बजेटमा सत्तारुढ दल र मन्त्रीको मनपरीको समेत खुलेर विरोध गरे । उनले शहरी विकास मन्त्रालयअन्र्तगत पनि बजेट विनियोजनमा मन्त्रीले मनपरी गरेको आरोप लगाए । शहरी विकासमन्त्री सिता गुरुङले उनको जिल्ला तेह्रथुममा बजेट विनियोजन गरेको भए समग्र जिल्लाको मन्त्री भएको आभाष हुने भन्दै आफ्नो निर्वाचन क्षेत्र लक्षित बजेट ल्याएको भन्दै त्यसले क्षेत्रको जस्तो मात्र मन्त्री भएको सन्देश गएको टिप्पणी गरे ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ९ : २५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु