कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने  | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने 


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।

गत मंगलबार सुरु भएको केन्द्रीय समिति बैठकमा हिजोबाट केन्द्रिय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ । 

हिजोको बैठकमा आमन्त्रित जिल्ला सभापतिहरुसहित ४६ जना केन्द्रीय नेताहरूले धारणा राखेका थिए ।

हिजोको बैठकमा आमन्त्रित प्रदेश सभापतिहरु कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर बानियाँ (वागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) र वीरबहादुर बलायर (सुदुरपश्चिम प्रदेश) ले आफ्नो धारणा राखेका छन् ।

यस्तै, नैनसिंह महर, जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार बुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ, नारायणबहादुर कार्की, मानबहादुर नेपालीलगायतले आफ्नो धारणा राखेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

आज बोल्न बाँकी केन्द्रीय सदस्यहरूले समितिमा प्रस्तुत विभिन्न १० एजेन्डामा केन्द्रित भएर आफ्नो धारणा राख्ने छन् । 

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ७ : १८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’