कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने  « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने 


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।

गत मंगलबार सुरु भएको केन्द्रीय समिति बैठकमा हिजोबाट केन्द्रिय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ । 

हिजोको बैठकमा आमन्त्रित जिल्ला सभापतिहरुसहित ४६ जना केन्द्रीय नेताहरूले धारणा राखेका थिए ।

हिजोको बैठकमा आमन्त्रित प्रदेश सभापतिहरु कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर बानियाँ (वागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) र वीरबहादुर बलायर (सुदुरपश्चिम प्रदेश) ले आफ्नो धारणा राखेका छन् ।

यस्तै, नैनसिंह महर, जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार बुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ, नारायणबहादुर कार्की, मानबहादुर नेपालीलगायतले आफ्नो धारणा राखेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

आज बोल्न बाँकी केन्द्रीय सदस्यहरूले समितिमा प्रस्तुत विभिन्न १० एजेन्डामा केन्द्रित भएर आफ्नो धारणा राख्ने छन् । 

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ७ : १८ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।