प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान « Khabarhub

प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले विभिन्न देशका लागि सिफारिस गरेका प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी भए दिन आह्वान गरिएको छ । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले आज उनीहरुविरुद्ध उजुरी आह्वान गरेको हो ।

समितिले आज एक सूचना जारी गरी सरकारले हालै सिफारिस गरेका व्यक्तिहरु राजदूत नियुक्त गर्न उपयुक्त छैनन् भन्ने लागेमा आधार र सबुत प्रमाणसहित उजुरी दिन भनेको छ ।

सूचनाअनुसार उजुरीकर्ताले अबको १० दिनभित्र लिखित रुपमा उजुरी दिइसक्नु पर्नेछ । उजुरी दिने व्यक्तिले नाम, थर, वतन र सम्पर्क नम्बर उल्लेख गर्नुपर्नेछ । तर, उजुरीकर्ताले चाहेमा नाम गोप्य राखिने जनाइएको छ । उजुरीकर्ताले १४ साउनसम्म उजुरी दिन पाउनेछन् । 

सरकारले संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि लोकबहादुर थापा, स्विट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी, फ्रान्सका लागि सुधिर भट्टराई, कुवेतका लागि घनश्याम लम्साल, यूएईका लागि तेजबहादुर क्षेत्री र थाइल्याण्डका लागि धनबहादुर वलीलाई राजदूतका लागि हालै सिफारिस गरेको थियो ।

सरकारले सिफारिस गरेका व्यक्तिहरूमा परेको उजुरी छानविन र सोधपुछ पछि समितिबाट अनुमोदन भएपछि मात्रै उनीहरूको नियुक्ति हुनेछ ।

 

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ९ : ५५ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक