माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ खुला « Khabarhub

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ खुला


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माथिल्लो मैलुङ खोला जलविद्युतले आजदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब रुपैयाँको १० करोड रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले १ सय मूल्य अंकित १० लाख कित्ता सेयर स्थानीयलाई जारी गरेको हो । योमध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नम्बर १ का बासिन्दालाई छुट्याइएको छ ।

त्यस्तै, २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाकै वडा नम्बर २, ३, ४ र ५ तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका अन्तर्गतका वडा नम्बर ५ का स्थानीयका लागि निष्कासन खुला भएको छ । 

यी क्षेत्र बाहेक रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानीय बासिन्दाका लागि पनि १ लाख ४२ हजार ८५० कित्ता सेयर जारी गरिएको छ ।

सर्वसाधारणमा निष्कासन हुने १५ लाख कित्ता सेयरमध्य १ लाख ५० हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । 

यसमा दुवै समूह (स्थानीय र वैदेशिक रोजगारीमा रहेका) का लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यस कम्पनीको आईपीओमा साउन १८ गतेसम्म आवेदन दिन पाइनेछ । यद्यपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा भदौ १ गतेसम्म पनि आवेदन दिन पाउनेछन् । 

क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  १० : ४६ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर