शिवचन्द्र कुशवाहासहित ५ जनालाई जनमत पाटीको कारबाही | Khabarhub Khabarhub

शिवचन्द्र कुशवाहासहित ५ जनालाई जनमत पाटीको कारबाही


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध बारा–२ को उपनिर्वाचनमा लडेका शिवचन्द्र कुशवाहा कारबाहीमा परेका छन् ।

जनमत पार्टीले अनुशासन उल्लंघन गरेको आरोपमा कुशवाहासहित ५ जना नेतालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेहरुमा बाराका कुशवाहा, सप्तरीका गुलाब मण्डल, सप्तरीका शंकर खड्का, रुपन्देहीका भोपेन्द्र यादव र कपिलवस्तुका भगवान दास यादव छन् ।

माओवादी केन्द्र परित्याग गरेर जनमत पार्टीमा प्रवेश गरेका कुशवाहा पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ ।

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख दिपककुमार शाहले जारी गरेको प्रेस विज्ञप्ति अनुसार कुशवाहालाई पार्टी विरोधी गतिविधि तथा नेतृत्वको विरोधमा बिभिन्न  क्रियाकलापमा संलग्न भएको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।  

यस्तै, मण्डल, खड्का र यादवलाई एक वर्षका लागि पार्टीको सदस्यबाट र भोपेन्द्र यादवलाई केन्द्रीय सचिवालयबाट ३ महिनाको लागि निलम्बन गरिएको जनमत पार्टीका उपाध्यक्ष एवम् अनुशासन समितिका प्रमुख दीपक कुमार साहले जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ११ : ०६ बजे

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौँथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौँथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा