‘हेमबहादुर मल्ल सम्मान’ प्रधान र आचार्यलाई « Khabarhub

‘हेमबहादुर मल्ल सम्मान’ प्रधान र आचार्यलाई


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेमबहादुर मल्ल सम्मान २०७७ र २०७८ गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गरिएको छ। सार्वजनिक प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत नेपाल जनप्रशासन सङ्घले आज आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रधानलाई २०७७ र आचार्यलाई २०७८ सालको सम्मान प्रदान गरेका हुन् । 

सम्मानको राशि जनही दुई लाख रुपैयाँ रहेको छ । प्रधानले करिब चार दशक सरकारी सेवामा बिताएका थिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलगायत निकायमा काम गरेका थिए । प्रधान उच्चस्तरीय प्रशासन सुधार अनुगमन समितिको प्रमुखको भूमिकामा पनि रहेका थिए ।

त्यसैगरी आचार्यले महालेखा परीक्षक, महालेखा नियन्त्रक, अर्थ सचिव, उद्योग सचिवलगायत भूमिका निर्वाह गरिसकेका छन् । यसअघि हेमबहादुर मल्ल सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा.भगवान कोइराला, डा.विमल कोइराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा। सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा.देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा। सन्दुक रुइत, डा. गौरीशंकरलाल दास र सूर्यनाथ उपाध्याय सम्मानित भइसकेका छन्।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  १२ : १० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्