एकीकृत समाजवादीको सचिवालय बैठक जारी « Khabarhub

एकीकृत समाजवादीको सचिवालय बैठक जारी


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिने कार्यक्रम छ । 

यस्तै अध्यक्ष नेपालले वर्तमान परिस्थिति र सचिवालय सदस्यहरूको कार्यभारको एजेण्डामा विचार राख्ने पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा सङ्गठन सुदृढीकरण विशेष अभियानको जानकारी, वर्तमान परिस्थिति र हाम्रा कार्यभार, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसङ्गठन युवा र विद्यार्थी, विभागको कामको व्यवस्थापनका विषयमा छलफल भएको छ । 

यसैगरी सरकार र संसद्लाई कसरी प्रभावकारी बनाउने, कमिटीमा वरियताको विषय, महाधिवेसनको व्यवस्था, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकका एजेण्डामा छलफल भइरहेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  १२ : १६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्