राष्ट्रियसभा बैठक : तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक : तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसदहरुले तस्करी, भ्रष्टाचार र अनियमिताबारे प्रभावकारी छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरूले तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । साथै उनीहरूले डेङ्गु रोगको सम्भावित जोखिम नियन्त्रणका लागि प्रभावकारी योजना कार्यक्रम ल्याउन पनि माग गरे । 

सांसद इन्दिरादेवी गौतमले पछिल्लो समय काठ तस्करी, खोलानालाबाट गिट्टी बालुवा उत्खनन र चोरी निकासी भइरहेको र यसबाट राज्यको करोडौँ राजस्व गुमेको भन्दै तस्करी र राजस्व चुहावट नियन्त्रणका लागि अनुगमनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद गंगाकुमारी बेल्वासेले पालिकास्तरमा महिला विकास तथा उत्थान प्रवद्र्धन र महिला सशक्तीकरणका लागि महिला विकास शाखा स्थापना गर्न माग गरिन्। सांसद गोपाल भट्टराईले देशमा तस्करको बिगबिगी बढेको, भ्रष्टाचार तथा अनियमितता पनि बढेको भन्दै प्रभावकारी छानविन गरी मौलाउँदो तस्करी र भ्रष्टाचार नियन्त्रण गर्न जरुरी भएको उल्लेख गरिन् ।

सांसद जगप्रसाद शर्माले हालै सप्तकोशी नदीमा भएको ट्रक दुर्घटनामा पानीमा डुबेका व्यक्तिलाई स्थानीय चन्दर मुखिया नामका व्यक्तिले उद्धार गरी बचाएको र उनी लामो समयदेखि दाउरा निकाल्ने, माछा मार्ने र यस्तै दुर्घटनामा परेकाको उद्धार गर्ने कार्यमा संलग्न रहँदै आएको भन्दै राज्यले उनलाई सिपयुक्त क्षमता, प्रतिभा र साहसको कदर गर्दै आवश्यक प्रक्रिया पुर्‍याएर गोताखोरमा नियुक्त गर्न माग गरे ।

सांसद तारामान स्वाँरले सुदूरपश्चिमका सबैजसो जिल्ला र विशेषगरी कैलाली र कञ्चनपुर क्षेत्रमा लागूऔषधको तस्करी र ढुवानीकर्ताको बिगबिगी बढिरहेको र यसले अपराधजन्य घटनासमेत बढाइरहेको भन्दै यसलाई नियन्त्रण गरी कानुनी दायरामा ल्याउन सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद तुलसाकुमारी दाहालले भूमिहीन दलित र सुकुम्बासीलाई सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराइन् । सांसद मायाप्रसाद शर्माले सिंहदरबार परिसरको राष्ट्रिय अभिलेखालयको संरक्षण सम्वर्द्धनमा दक्ष जनशक्ति, भौतिक, प्राविधिकलगायतका सामग्रीको सुनिश्चित गर्न ध्यानाकर्षण गराइन् ।

सांसद मृगेन्द्रकुमार सिंह यादवले ‘लम्पी स्किन’ महामारीको रोकथाम नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए । सांसद विमला घिमिरेले दिनहुँ तस्करीका समाचार बढिरहेको र बुधबार मात्रै धेरै परिणामको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको भन्दै उक्त घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइनुपर्नेमा जोड दिए ।

साथै उनले काठमाडौँ महानगरमा फोहरको व्यवस्थापनका लागि अल्पकालीन तथा दीर्घकालीन समाधान खोज्न ध्यानाकर्षण गराए। सांसद शारदादेवी शर्माले डेङ्गु रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सुमित्रा विसीले डेङ्गु नियन्त्रणका लागि सरकारले बेलैमा ध्यान दिनुपर्ने बताइन्। उनले महामारी फैलनुपूर्व आवश्यक सचेतना अभिवृद्धि र नियन्त्रणका सबैखाले तयारी गर्न पनि आग्रह गरिन्।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  २ : ०५ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु