तातोपानी नाकाबाट लक्ष्यभन्दा न्यून राजस्व संकलन  « Khabarhub

तातोपानी नाकाबाट लक्ष्यभन्दा न्यून राजस्व संकलन 


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– चीनसँगको उत्तरी नाका तातोपानीबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा न्यून राजस्व संकलन भएको छ । कुनैबेला रु पाँच खर्ब राजस्व संकलन गरेर मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्‍याएको तातोपानी भन्सार कार्यालयले २०७२ को भूकम्पपछि कम राजस्व संकलन गर्दै आइरहेको छ । 

उक्त नाकाबाट गत आवमा चार अर्ब ६२ करोड राजस्व संकलनको लक्ष्य राखिएको भए पनि रु तीन अर्ब २७ करोड ९४ लाख २० हजार सात सय २७ मात्र अर्थात् लक्ष्यको ७० दशमलब ८४ प्रतिशत राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । 

विसं २०७२ को भूकम्पपछि बाढीपहिरो, कोरोना, सडकलगायत कारण देखाउँदै नाका राम्रोसँग सञ्चालन हुन सकेको छैन । गत वैशाख १८ गते केही सामग्री निर्यात गरे पनि त्यसपछि निर्यात शून्य तथा आयात पनि घटेको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए । 

वैशाख १८ गते  बाँसका मुडालगायत नेपाली सामग्री बोकेर सात कन्टेनर गाडी चिनियाँ भूमिमा प्रवेश गरेका थिए । आयात गरेका सामग्रीमा विद्युतीय भ्यान, प्रोजेक्टका सामान, स्याउ, नास्पाती, ओखरलगायत रहेको भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत  लक्ष्मण बाँस्तोलाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  २ : ४२ बजे

केपीएल क्रिकेट प्रतियोगिता आगामी फागुन ९ देखि सुनसरीमा आयोजना हुने

काठमाडौं– तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको

गैर–मुस्लिम विदेशीलाई मदिराको पहुँच खुकुलो बनाउँदै साउदी अरब

रियाद- साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक’ द्वारा सम्मानित

काठमाडौं– नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

काठमाडौं– मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्