अपाङ्गता भएकालाई ‘ह्वील चियर’ सहयोग « Khabarhub

अपाङ्गता भएकालाई ‘ह्वील चियर’ सहयोग


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

डुम्रे– तनहुँको व्यास नगरपालिका–१ भादगाउँका अपाङ्गता भएकी ७० वर्षीया मिठु विकलाई ‘ह्वील चियर’ प्राप्त गरेका छन् । यसले हिँड्डुलमा सहायता पुगेको उनले बताए। व्यास नगर उपप्रमुख इन्दिरा दरैले विकलाई ह्वील चियर प्रदान गरेका थिए। ‘हामीले पनि स्थानीय सरकार भएको महसुस गर्न पायौँ, हामी जस्ता हिँड्डुल गर्न नै सकस भएका मान्छेलाई सजिलो बनाएको छ’ विकले भने ।

उनी जस्तै अपांगता भएका सोही ठाउँका ५२ वर्षीय कृष्णबहादुर रानाभाटले ह्वील चियर नहुँदा हातले टेकेर हिँड्नुपरेको थियो । ह्वील चियर पाएपछि सहज भएको उनले बताए। ‘अपाङ्गता भएका संस्थाले मात्रै सहकार्य गरी पठाउने गरेकामा अहिले नगर उपप्रमुख घरमै आएर ह्वील चियर दिँदा असाध्यै खुसी लाग्यो, हाम्रो दुख बुझिदिनुभयो, यही नै हाम्रो खुसी हो’, उनले भने ।

नगरपालिकाले हिँड्डुलमा सहज र सहयोग पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरेको हो । उपप्रमुख दरैले शारीरिक रूपमा अपांगता भएका व्यक्तिलाई हिँडडुल गर्न असहज भएकाले ह्विल चियर प्रदान गरिएको बताए । ‘अपांगता भएका व्यक्तिलाई नगरपालिकाले सहयोग गर्दै आइरहेको छ, अपांगता भएका व्यक्तिलाई सहज रुपमा बाँच्न नगरपालिकाले अपाङ्गमैत्री वातावरण सिर्जना गर्दै आइरहेको छ’, उनले भने।  नगरपालिकाले अपाङ्गता भएका व्यक्ति आवद्ध सङ्घ संस्थासँग समन्वय गरी विभिन्न सामग्री खरिद तथा वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ३ : ०७ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली