राष्ट्रियसभा बैठक : मुक्तकमैयालाई अधिकार सम्पन्न गराउन माग « Khabarhub

राष्ट्रियसभा बैठक : मुक्तकमैयालाई अधिकार सम्पन्न गराउन माग


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा सांसद हरिराम चौधरीले ३० हजार बढी परिवारलाई कमैयालाई मुक्त घोषणा गरेको भए पनि उनीहरूले वास्तविक रुपमा मुक्ति पाउन नसकेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारले मुक्त घोषणा गरेको भए पनि जमिन्दारको घरमा नै बस्नुपरेको, मानवीय जीवन जिउन नपाएको गुनासो गरे । 

मुक्तकमैया परिवारले रोजगारी पाउन नसकेको, शिक्षा, स्वास्थ्यमा विभेद रहेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद भैरवसुन्दर श्रेष्ठले स्वयंसेवी संस्थाको रुपमा परिचित नेपाल रेडक्रसमा देखिएको विवादका कारण मुलुकको मान प्रतिष्ठामा आँच पुगेको आरोप लगाए। उनले रेडक्रसका सन्दर्भमा सरकारले गरेको निर्णयकाविरुद्ध पटक–पटक सर्वोच्च अदालतले दिएको आदेश लत्याएर वैधानिक समितिलाई बाहेक गरिएको जिकिर गरे । 

उनले दलिय भागवण्डामा रेड्क्रस जस्तो संस्थालाई चलाउन खोजिएको आरोप लगाए। सांसद रमेशजंग रायमाझीले देशव्यापी रुपमा सहकारीका कारण जनताको दैनिक जीवन प्रभावित भएको, घरबास उठ्ने अवस्थामा पुगेकाले समस्या समाधानका तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराए। 

नेपाली जनताले आफ्नो रगत र पसिना सहकारीमा जम्मा गरेको भए पनि त्यसका व्यवस्थापक र सञ्चालक विदेश भागेको तथ्य पेस गर्दै उनले त्यस्ता सञ्चालकलाई रेडकर्नर नोटिस जारी गरेर भए पनि पक्राउ गरेर ल्याउन माग गरे । सहकारीका व्यवस्थापकले अपचलन गरेको सम्पत्तिको खोजबिन गर्न, वित्तीय अनुशासन विपरीत गरिएको लगानीको सत्यतथ्य पड्ताल गर्न सांसद रायमाझीले माग गरे । 

केही ठूला सहकारीले अर्बौँ रकम हिनामिना गरेको तथ्य सार्वजनिक भइरहँदा पनि सरकारले कारबाहीको कुनै प्रक्रिया अगाडि नबढाएका उनले आपत्ति प्रकट गरे । सहकारीका उच्च पदाधिकारीको सम्पत्ति जपथ गरी पीडितलाई राहत प्रदान गर्नुपर्ने उनको भनाइ छ । सांसद रायमाझीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरक्षाकर्मीको लापरबाहीका कारण एक सय किलो सुन बरामद भएको उल्लेख गर्दै त्यसमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।

विमानस्थलमा रहेका कर्मचारीलाई समेत निलम्बन गरेर छानबिन गर्नुपर्ने उनको भनाइ छ । सांसद राजेन्द्रलक्ष्मी गैरेले समाजमा अनेकन खालमा विकृति फैलिएको, जनजीवन त्यसबाट प्रभावित भएको, सामाजिक सञ्जालमासमेत चरित्र हत्या गर्ने, गलत प्रचार गर्ने प्रवृत्ति मौलाएकाले त्यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । 

सांसद मोहम्मद खालिदले सबै प्रक्रिया पूरा गरेर वैदेशिक रोजगारीका लागि विमानस्थलमा पुगेका गरिब नेपाली जनताका छोराछोरीलाई दुःख दिइएकामा आपत्ति प्रकट गरे । सांसद तुलप्रसाद विश्वकर्माले गणतान्त्रिक सरकारको मातहतमा रहेको नेपाली सेनाको सङ्ख्या घटाउने विषयमा भइरहेका बहसप्रति आपत्ति प्रकट गरे। उनले देशव्यापी रुपमा दलित समुदायमाथि उत्पीडन भइरहेकाले दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे । 

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ३ : २२ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली