सेयर बजारमा बिहीबार झिनो अंकको गिरावट « Khabarhub

सेयर बजारमा बिहीबार झिनो अंकको गिरावट


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लगातार चार दिनको वृद्धिपछि बिहीबार नेप्से सूचकमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से सूचक १.३१ विन्दुले घटेर २१६३.९२ विन्दुमा अडिएको छ ।

२ कम्पनीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन ट्रेडिङ समूहमा विशेष उत्साह देखिएको छ । मौद्रिक नीति आउने दिन नजिकिँदै गर्दा आम लगानीकर्तामा अलिकति कौतुहलता पनि बढेको देखिन्छ । नीति कस्तो आउँछ रु सेयर बजारलाई कसरी सम्बोधन गर्ला अनि लगानी बढाउन र ब्याजदर घटाउन कस्ता टुल्सहरू आउलान् भन्ने मुख्य चासो रहेको छ ।

यस दिन २६४ कम्पनीको ८४ लाख २४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १४ करोड २३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र हिमालयन लाइफ इन्सुरेन्स परेका छन् । 

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ३ : ३० बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक