काँकडभिट्टा नाकाको व्यापार घाटा २४ अर्बभन्दा बढी « Khabarhub

काँकडभिट्टा नाकाको व्यापार घाटा २४ अर्बभन्दा बढी


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

झापा– गत आर्थिक वर्ष २०७९-८० मा  काँकडभिट्टा नाकाको व्यापार घाटा उच्च देखिएको छ । यस नाकाबाट भारत, चीन, बङ्गलादेश र भुटानसँग व्यापार हुने गर्छ । मेची भन्सार कार्यालयका अनुसार गत आवमा मात्रै यस नाकाको व्यापार घाटा रु २४ अर्ब ३१ करोड ९४ लाख ४१ हजारभन्दा बढी छ । 

गत आवमा काँकडभिट्टा नाका भइ विभिन्न देशबाट रू ४६ अर्ब ३६ करोड १३ लाख ३४ हजार बराबरको सामान आयात भएको छ भने सोही अवधिमा सो नाकाबाट जम्मा रू २२ अर्ब चार करोड १८ लाख ९३ हजार बराबरको सामान निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिएका छन् ।

उनका अनुसार यस नाकामार्फत बङ्गलादेशबाट रू पाँच अर्ब ६५ करोड २० लाख ६५ हजारको सामान आयात भएको छ भने रू ४७ करोड ११ लाख ५३ हजारको सामान निर्यात भएको छ । विगत पाँच वर्षदेखि यस नाकाबाट हुने बंगलादेशसँगको व्यापार घाटा भएको छ । 

साथै समीक्षा अवधिमा भुटानसँग रू एक अर्ब ५६ करोड ८८ लाख ३० हजार बराबरको सामान आयात भएको छ भने रू ५२ करोड दुई लाख ३६ हजार बराबरको निर्यात भएको छ । सोही अवधिमा भारतबाट रू ३३ अर्ब १८ करोड ८७ लाख ५६ हजारको सामान आयात भएको छ भने रू १९ अर्ब ८१ करोड २३ लाख ७१ हजार बराबरको निर्यात भएको छ । 

गत आवमा यस नाकाबाट चीनसँगको व्यापार घाटा भने शतप्रतिशत प्रतिशत छ । चीनबाट रू तीन अर्ब छ करोड १० लाख १२ हजारको सामान आयात हुँदा निर्यात शून्य छ । 

नेपालबाट अदुवा, अलैँची, चिया, अम्रिसो, फलाम तथा फलामका सामग्री, प्लाइउड, छुर्पी, दलहन, धातुका सामान, पिनालगायत वस्तु यी देशमा निर्यात हुँदै आएको छ । साथै यस नाकाबाट कोइला, पेट्रोलियम पदार्थ, पशुको आहाराको कच्च पदार्थ, जुट तथा जुटका उत्पादन, ड्राइफुड्स, भटमास, तोरी नरिवल, चिप्स, मार्बल, प्लास्टिकका कच्चापदार्थ, तरकारी, आलु, कपडालगायत सामान आयात हुने गरेको भन्सार कार्यालयको भनाइ छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ४ : २७ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक