चिनियाँ राष्ट्रपति सी र अमेरिकाका पूर्वविदेशमन्त्री किसिन्जरबीच भेटवार्ता « Khabarhub

चिनियाँ राष्ट्रपति सी र अमेरिकाका पूर्वविदेशमन्त्री किसिन्जरबीच भेटवार्ता


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनका राष्ट्रपति सी जिन्पिङ र अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरबीच भेटवार्ता भएको छ । सन् सत्तरीको दशकमा चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनामा विदेशमन्त्री किसिन्जरले अहम् भूमिका निर्वाह गरेका थिए ।

त्यसबेला उनी अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लहकार थिए । एक सय वर्षीय किसिन्जरको यो एक सयौँ चीन भ्रमण हो । राष्ट्रिय सुरक्षा सल्लाहकार किसिन्जरको भ्रमणपछि तत्कालीन अमेकिरीकी राष्ट्रपति रिचर्ड निक्सनले चीनको ऐतिहासिक भ्रमण गरेका थिए ।

विश्व मानचित्रमा एक्लिएको चीन अमेरिकासँग सम्बन्ध स्थापना गरेसँगै उत्पादन उद्योगका लागि विश्वकै कारखाना बनेको छ । नोबेल शान्ति पुरस्कार प्राप्त वरिष्ठ कूटनीतिज्ञ किसिन्जरले गत मे २७ मा आफ्नो एक सयौँ जन्मदिन मनाएका थिए । जन्मदिन मनाएपछिको यो उनको एक सयौँ चीन भ्रमण हो ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ५ : ४५ बजे

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक