दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा सुन तस्करी प्रकरणका आरोपितलाई १० दिन हिरासतमा राख्न अनुमति, अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयन मार्गदर्शन जारी, प्रधानमन्त्री प्रचण्डसँग कतारी राजदूतको शिष्टाचार भेटवार्ता, कानुन उल्लङ्घन र बेथितिलाई छुट नदिइँनेलगायतका समाचारले प्रमुख स्थान पाए ।

सुन तस्करी प्रकरण : आरोपीतलाई १० दिन हिरासतमा राख्न अनुमति

सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागले अनुमति पाएको छ ।

उच्च अदालत पाटनले बिहीबार पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जनालाई १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

विमानस्थलबाट बरामद भएको सुन मैले ल्याएको हैन : दीपक मल्होत्रा

व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफूले नल्याएको बताएका हुन् ।

अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयन मार्गदर्शन जारी

चालु आर्थिक वर्ष २०८०-८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ ।

चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शनमा भनिएको छ ।

उत्पादनशील क्षेत्रमा लगानी बढाउने गरी मौद्रिक नीति ल्याउन सुझाव

उत्पादनशील क्षेत्रमा लगानी बढाउने र रोजगारी सिर्जना गर्ने गरी चालु आर्थिक वर्ष २०८०(८१ को मौद्रिक ल्याउन सांसदहरूले नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।

प्रतियोगिताअन्तर्गतको अर्थ समितिको आजको बैठकमा सांसदहरूले आन्तरिक उत्पादन बढाएर अर्थतन्त्र सुदृढ बनाउनेतर्फ चालु आर्थिक वर्षको मौद्रिक नीति केन्द्रित हुनुपर्ने सुझाव दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँग कतारी राजदूतको शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाली सेनालाई सुदृढ र प्रभावकारी बनाउन माग

सांसद डा। विमला राई पौड्यालले नेपाली सेनालाई सुदृढ र प्रभावकारी बनाउन माग गरेकी छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद पौड्यालले नेपाली सेना देश र जनताको रक्षाका लागि अपरिहार्य रहेको भन्दै सेनाको प्रभावकारिता कसरी बनाउने र सुदृढ संगठन निर्माण गर्नेमा ध्यान दिनुपर्ने खाँचो औँल्याइन् ।

पार्टीमा संगठित सदस्यको सङ्ख्या नघटेको एमालेको दाबी

नेकपा ९एमाले० ले पार्टीमा रहेका संगठित सदस्यहरूको सङ्ख्या नघटेको दाबी गरेको छ ।

एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज विज्ञप्ति गर्दै एमालेको सदस्य सङ्ख्या नघटेको दाबी गरेका हुन् ।

सेवा वितरणमा विभेद नहोस् : मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सेवाग्राहीका रुपमा आउने कर्मचारीलाई पनि विभेदरहित ढंगले सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

मन्त्री मोदीले आज राष्ट्रिय किताबखानाको आकस्मिक अनुगमन गर्दै सेवा वितरणमा विभेद गर्ने र जनतालाई दुःख दिने कर्मचारीलाई कारबाही गरिने बताए।

कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन : गृहमन्त्री

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपभोक्ता अधिकारको उल्लङ्घन तथा स्वच्छ बजार प्रवर्द्धनमा हुने बेथितिलाई सरकारले छुट नदिने बताएका छन् ।

उपभोग्य वस्तुको सहज उपलब्धता, भन्सार छली, चोरी निकासी पैठारीलगायत विषयमा गृह मन्त्रालयमा आज आयोजित छलफलमा उनले उपभोक्ता हितलाई केन्द्रमा राखेर सरकार अगाडि बढ्ने बताए ।

रास्वपा सांसद गौतम ‘द वान योङ वर्ल्ड पोलिटिसियन अफ दि इयर अवार्ड’ का लागि चयन

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘द वान योङ वर्ल्ड पोलिटिसियन अफ दि इयर अवार्ड’ का लागि चयन भएकी छिन् ।

बेलायतको राजधानी लण्डनमा आधारित द वान योङ वर्ल्ड नामक संस्थाले संस्थाले हरेक वर्ष १८ देखि ३५ वर्षभित्रका ५ राजनीतिक नेताहरुलाई यो अवार्ड प्रदान गर्दै आएको छ ।

शिवचन्द्र कुशवाहासहित ५ जनालाई जनमत पाटीको कारबाही

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध बारा–२ को उपनिर्वाचनमा लडेका शिवचन्द्र कुशवाहा कारबाहीमा परेका छन् ।

जनमत पार्टीले अनुशासन उल्लंघन गरेको आरोपमा कुशवाहासहित ५ जना नेतालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेहरुमा बाराका कुशवाहा, सप्तरीका गुलाब मण्डल, सप्तरीका शंकर खड्का, रुपन्देहीका भोपेन्द्र यादव र कपिलवस्तुका भगवान दास यादव छन् ।

आगामी असोज १ देखि द्रुत बस सेवा सञ्चालन हुने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी असोज १ देखि भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ उपत्यकामा अत्यधिक सवारीसाधनको चापका कारण यात्रु सार्वजनिक यातायातमा समयमै गन्तव्य पुग्न कठिन भएपछि मन्त्रालयले द्रुत बस सेवा सञ्चालनको व्यवस्था गर्न लागेको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताए।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ९ : ०१ बजे

दोस्रो टी- २० : वेस्ट इन्डिज ए सँग नेपाल १० रनले पराजित

काठमाडौं– नेपालसँगको ५ खेलको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा वेस्ट

बझाङ उपनिर्वाचन : अग्रता बढाउँदै एमालेका भण्डारी, पच्छ्याउँदै कांग्रेसका सिंह

बझाङ– बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका

साताको पहिलो नेप्से १४ अंकले बढ्यो, अढाइ अर्ब बढी कारोबार

काठमाडौं- आइतबार साताको पहिलो नेपाल स्टक एक्चेञ्ज (नेप्से) १४.३३ अंकले

वेस्ट इन्डिज ए विरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौं– कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा

बझाङ उपनिर्वाचन : एमालेका भण्डारीको अग्रता 

बझाङ– बझाङको छबिसपाथिभेरा गाउँपालिकाबाट वडा नम्बर १ को मत गन्दा