रास्वपा सांसद गौतम ‘द वान योङ वर्ल्ड पोलिटिसियन अफ दि इयर अवार्ड’ का लागि चयन | Khabarhub Khabarhub

रास्वपा सांसद गौतम ‘द वान योङ वर्ल्ड पोलिटिसियन अफ दि इयर अवार्ड’ का लागि चयन


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘द वान योङ वर्ल्ड पोलिटिसियन अफ दि इयर अवार्ड’ का लागि चयन भएकी छिन् ।

बेलायतको राजधानी लण्डनमा आधारित द वान योङ वर्ल्ड नामक संस्थाले संस्थाले हरेक वर्ष १८ देखि ३५ वर्षभित्रका ५ राजनीतिक नेताहरुलाई यो अवार्ड प्रदान गर्दै आएको छ ।

यसपटक सांसद गौतमसहित क्यानाडाकी सांसद आरियल कायाबागा, अष्ट्रेलियाको पश्चिम अष्ट्रेलिया राज्यकी सांसद आयोर माकुर चुओट, न्यु जिल्याण्डको फार नर्थ डिस्ट्रिक्टका मेयर मोको टेपानिया र बेल्जियमका सांसद स्यामुएल कोगोलातीले यो अवार्ड प्राप्त गरेका छन् ।

विजेताहरुलाई आगामी अक्टोबर महिनामा आयरल्याण्डको बेल्फास्टमा आयोजना हुने ‘वान योङ वर्ल्ड समिट’ मा पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  १२ : ४८ बजे

दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र

लप्चिका स्थानीयवासीलाई गाउँमै पुगेर सीमा पास वितरण

दोलखा – दोलखा र चीनको सीमानामा पर्ने लप्चि नाकाका स्थानीयवासीलाई

वर्ल्डलिङ्कको रिट खारेज हुँदा राज्यकोषको अर्बौं रकम सुरक्षित

काठमाडौं – सर्वोच्च अदालतले वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग

चितवन – सौराहाका पर्यटन व्यवसायीहरुले सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न

स्पष्ट योजनाका साथ कार्य सम्पादन गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्पष्ट योजनाका साथ