सय किलो सुन प्रकरण : चिनियाँ व्यापारीको गोदाममा छापा « Khabarhub

सय किलो सुन प्रकरण : चिनियाँ व्यापारीको गोदाममा छापा


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजश्व अनुसन्धान विभागको टोलीले बालुवाटारस्थित चिनियाँ व्यापारीको गोदाममा छापा मारेको छ । त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर बाहिरिन लागेको एक सय किलोभन्दा बढी सुन विभागको टोलीले नियन्त्रणमा लिएको थियो ।

ट्याक्सीमा बाहिर सुन लैजान लागेको अवसथामा ट्याक्सी चालकसहित विभागको टोलीले नियन्त्रणमा लिएको हो । ट्याक्सी चालकले आफूले बालुवाटारको उक्त लोकेशनमा सुन जैलान भनिएको भन्ने बयान दिएको आधारमा उक्त घरमा छापा मारिएको हो ।

विभागको टोलीले छापा मार्ने क्रममा ६ वटा ठूला बाकस फेला परेको बताइएको छ । उक्त बाकसमा सुन भएको वा नभएको भन्ने एकिन भने भएको छैन ।

उक्त प्रकरणमा अहिलेसम्म छ जना पक्राउ परेका छन् । पक्राउ परेका छ जनालाई १० दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ८ : ११ बजे

चितवनका दुवै ओपनर विराटनगरका मर्चेन्टका शिकार 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा विराटनगर

अफगानिस्तान हवाइ आक्रमणमा पाकिस्तानको संलग्नता नरहेको दाबी

एजेन्सी– अफगानिस्तानको तालिवान सरकारले रातभर भएको घातक हवाई हमलाका लागि

महेश बस्नेतविरुद्ध नाराबाजी गरिरहेका धनगढीका जेन-जीहरू युवासंघबाट कुटिए

धनगढी- सुदूरपश्चिमको राजधानी धनगढीमा नेकपा एमालेनिकट युवा संघ नेपालका कार्यकर्ताहरूले

विराटनगरले लियो चितवनको पहिलो विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा विराटनगर

कित्ताकाट खुलेसँगै भोजपुर नापी कार्यालयमा सेवाग्राहीको चाप बढ्यो

भोजपुर– बन्द रहेको जग्गा कित्ताकाट सेवा पुनः सुचारु भएसँगै नापी