सस्तो लोकप्रियतामा लाग्दा देशलाई घात हुन्छ : नेता कोइराला « Khabarhub

सस्तो लोकप्रियतामा लाग्दा देशलाई घात हुन्छ : नेता कोइराला


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिक नेता लोकरिझ्याइँ र सस्तो लोकप्रियतामा लागे देशलाई घात हुने बताएका छन् । लाओस कुमार राईद्वारा लिखित ‘सायरेम्मा–राष्ट्रवाद कि राष्ट्रप्रेम ?’ पुस्तकको आज लोकार्पण गर्दै उनले लोकरिझ्याइँका लागि लोकप्रिय कुरा गरेर नेताहरू स्थापित हुन खोज्दा राष्ट्र र राष्ट्रियतालाई अहित हुने बताए ।

“लोकरिझ्याइँ र सस्तो लोकप्रियतामा लाग्दा देशलाई घाटा हुन्छ । राष्ट्रको हितका लागि सबैको एउटै सोच र विचार भएमात्रै राष्ट्रियता सबल हुन्छ । सङ्कीर्णताले राष्ट्रियता प्रवर्द्धन हुन सक्दैन ।” नेता कोइरालाले भने, “लोकतन्त्रमा विश्वास गर्नेहरूले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ । अहिले दण्डहीनता चरम सीमामा पुगिसकेको छ । जुनसुकै मुद्दा भए पनि अदालतले निर्णय गरिसकेका मुद्दालाई राजनीतिक बनाएर छुट दिँदा अन्तर्राष्ट्रिय समुदायमा हाम्रो विश्वास घटेर जाँदैछ । सुशासनका कुरामा हामीले ध्यान दिन सकेनौँ भने अन्तर्राष्ट्रिय समुदाय र दुवै छिमेकीले हामीलाई विश्वास गर्दैनन् ।” अहिले शिक्षाका नाममा बौद्धिक व्यक्तित्व बाहिरिँदै गरेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यहीँ शिक्षा हासिल गर्दै युवालाई यहीँ उद्यम गर्ने वातावरण बनाउनुपर्छ भन्ने धारणा व्यक्त गरे ।

राजनीति विश्लेषक तथा पूर्वसांसद लालबावु यादवले २०६२/६३ पछि जातीयता र क्षेत्रीयताको कुरा फस्टाएको र राष्ट्रियता कमजोर भएको धारणा राखे । “विसं २०६२/६३ पछि जातीयता र क्षेत्रीयताको कुरा फस्टायो, राष्ट्रियता कमजोर भयो । राष्ट्रियता कमजोर भएको यस्तो संवेदनशील बेलामा पुस्तक प्रकाशन गरेर चुनौतीपूर्ण काम भएको छ”, पूर्वसांसद यादवले भने, “अहिले लोकतन्त्रमा दोहोरो नीति चलिरहेको छ । अल्पमतले बहुमतलाई शासन गरिरहेको छ ।”

उनले किताब मेचीबाट महाकालीसम्म पुर्याएर लोकतन्त्रको विकास र प्रवर्द्धन गर्दै राष्ट्रियतालाई मजबुत बनाउन आग्रह गरे । विश्लेषक यादवले विपी कोइरालाको दृष्टिकोणलाई बिर्सेर कांग्रेसले विश्व बैंकको दृष्टिकोणलाई बोकेको भन्दै इतिहास बिर्सेर राष्ट्रियता र लोकतन्त्र सबल हुन सक्दैन भन्ने धारणा व्यक्त गरे ।

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानले उग्रस्वभावका विद्यार्थी नेता लाओस राईसँग आन्दोलनमा चिनजान भएको बताउँदै किताब लेखन गरेर राष्ट्रवादका बारेमा बहसको वातावरण सिर्जना गरेको धारणा राखे । प्रधानले राष्ट्र भनेको भूगोलमात्रै होइन, मानवताको भावना पनि राष्ट्रवादभित्र पर्छ भन्ने तर्क गर्दै पूर्ण लोकतन्त्रमा मात्रै राष्ट्रवाद अगाडि बढ्न सक्ने तर्क गरे । उनले लेखक आओसलाई बहुआयामिक व्यक्तित्व बन्न सक्ने क्षमता मिलोस् भन्ने शुभकामना व्यक्त गरे।

नेपाल विद्यार्थी सङघका पूर्वअध्यक्ष तथा कांग्रेसका नेता गुरुराज घिमिरेले अहिले कार्यकर्तामा भएको रचनात्मक क्षमता हराएर जाने र राजनीतिबाट बाहिरिने परिस्थिति सिर्जना भएको बताए । लेखन र राजनीतिलाई समानान्तररूपमा लान सकियो भने राजनीति परिस्कृत हुने धारणा राख्दै उनले पुस्तक प्रकाशन गरेर कांग्रेसमा खण्डित हुन लागेको बौद्धिक रिक्ततालाई पूर्ति गर्न, बौद्धिक परम्परालाई पछ्याउने प्रयत्न गरेको बताए ।

पूर्वसांसद हीरा गुरूङ, नेपाल प्रेस युनियनका उपमहासचिव तथा किताबका सम्पादक युवराज गौतम, नेपाल तरुण दल केन्द्रीय सानुबाबु महर्जनलगायतले मन्तव्य राखेका थिए । पुस्तकका लेखक लाओसले जनता, नेतृत्व, अर्थतन्त्र र सुरक्षाको संयोजन राष्ट्रवादभित्र पर्ने धारणा राख्दै ‘सायरेम्मा राष्ट्रवाद कि राष्ट्रप्रेम ?’ किताबलाई देशभर पुर्याउने बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ८ : १९ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक