जुनकिरीको पुच्छरमा बल्ने बत्तीको रहस्य के छ ? « Khabarhub

जुनकिरीको पुच्छरमा बल्ने बत्तीको रहस्य के छ ?


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

जुनकिरीले पुच्छरमा प्रकाश किन उत्पन्न गर्छ ? तपाईँ हाम्रो मनमा स्वाभाविक प्रश्न उठ्न सक्छ । जुनकिरी एउटा यस्तो अचम्मको कीरा हो जसको आफ्नै शरीरमा बत्ती बाल्ने काम गर्छ ।
शरीरमा बल्ने बत्तीकै कारण ससाना बालबालिकाको बिचमा यो निकै लोकप्रिय छ । बेलुकाको समयमा पुच्छरतिरको भागमा बत्तीजस्तै चम्किने यो जुनकिरीको आफ्नै प्रकारको रहस्य रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

अन्य कीराको तुलनामा छुट्टै प्रकारको विशेषता भएको अनौठो कीरा जुनकिरीको पुच्छरमा बल्ने बत्तीलाई लिएर संसारका धेरै वैज्ञानिकले फरकफरक अध्ययन गरेका छन् । 

जुनकिरीको शरीरमा बल्ने बत्ती हाम्रो घरमा बालिने बत्ती जस्तै हो । तर, फरक यति हो की अरु बत्ती बल्दा ताप उत्पन्न हुन्छ तर जुनकिरीको जीउमा रहेको बत्ती तापबिना नै बल्ने गर्छ । यसरी उत्पन्न हुने विशेष खालको प्रकाशलाई वैज्ञानिकहरूले ‘ल्यूमिने–सेन्स’ भनेका छन् । 

जुनकिरीमा यस्तो प्रकाश ‘लुसिफे–रिन’ नामक तत्त्वका कारण उत्पन्न हुने गर्छ । यो तत्त्वले, बाहिरी अक्सिजनसँग मिलेर प्रकाश उत्पन्न गर्छ । तर, प्रकाश उत्पन्न गर्ने यो प्रक्रिया ‘ल्यूसि–फेरेज’नामक अर्को तत्त्व नभएसम्म सम्भव हुँदैन ।

अध्ययन अनुसार, ल्यूसि–फेरेजले प्रकाश उत्पन्न गर्न, रासायनिक प्रक्रिया पूरा गर्न मद्दत गर्छ तर आफू स्वयम् भने प्रक्रियामा संलग्न हुँदैन । 

वैज्ञानिकहरूले भनेका छन्– जुनकिरीको शरीरमा हुने लुसी–फेरेज तत्त्वले लुसी–फेरिनलाई अक्सिजनसँग मिलेर बल्न अथवा प्रकाश दिन मद्दत गर्छ । जुनकिरीको बत्ती सम्बन्धी खोज पछि वैज्ञानिकहरू अहिले यस्तै प्रकाशको खोजीमा जुटेका छन् । तर, प्रकाश उत्पन्न गराउन चाहिने रसायन जुनकिरी बाहेक अरूले उत्पादन गर्न नसक्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

त्यसैले, अहिले वैज्ञानिकहरू तापरहित प्रकाश उत्पन्न गर्ने उक्त रसायन कसरी बन्छ भन्ने अध्ययनमा जुटेका छन् । किनकि यो जुनकिरीको शरीरमा बत्ती बाल्ने तत्त्वयुक्त रसायन अहिले पनि प्रकृतिको एउटा नसुल्झिएको रहस्यको रूपमा यथावत् छ ।

यसमा वैज्ञानिकहरूले आआफ्ना धारणहरू राखेका छन् । कसैले उनीहरू आफ्नो जोडी खोज्नका लागि यस्तो प्रकाश उत्पन्न गरेर घुम्ने गर्छन् भनेका छन् । 

कसैले राती सिकार गर्ने चरालाई तर्साउन जुनकिरीले यस्तो बत्ती बाल्ने गरेको छ भन्ने दाबी गरेका छन् । कसैले, यो केवल रासायनिक  प्रक्रिया मात्र हो भन्ने धारणा पनि राखेका छन् । तर वैज्ञानिकहरूको खोजमा एकरूपता छैन । 

विभिन्न अनुसन्धान पछि पनि जुनकिरीले किन बत्ती बाल्छ, यस्तो रसायन जुनकिरी बाहेक कुन कीरा अथवा बस्तुमा हुन्छ भन्ने ठोस निष्कर्षमा पुग्न नसकेका वैज्ञानिकहरूका लागि हेर्दा सामान्य लाग्ने कीरा जुनकिरी ठुलो चुनौती बनिरहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  १० : ५० बजे

सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर

हर्मुजमा इरान–ओमान सहमति नजिक

एजेन्सी– इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि