पुल नहुँदा विद्यालय र स्वास्थ्यचौकी जान फड्केको प्रयोग « Khabarhub

पुल नहुँदा विद्यालय र स्वास्थ्यचौकी जान फड्केको प्रयोग


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मनाङ– हिमाली जिल्ला मनाङमा दुई वर्षअघि अधिकांश झोलुङ्गे पुल बाढीले बगायो । नासों गाउँपालिका–५ र ६ जोड्ने पुल हालसम्म पनि नबन्दा स्थानीयवासी आवतजावत गर्न र विद्यालय तथा स्वास्थ्यचौकी पुग्न फड्के प्रयोग गर्न बाध्य हुँदै आएका छन् ।

पुल नबन्दा फड्के बगाउँछ भनेर स्थानीयवासीले दूध खोला बढे फड्के निकाल्ने र खोला घटेमा फड्के राख्ने गर्दै आएका छन् । वडा कार्यालय तथा स्थानीय सरकारले मात्रै यस खोलामा पुल बनाउनसक्ने अवस्था नहुँदा यस्तो समस्या भोग्नुपरेको वडा नं ६ का वडाध्यक्ष ओम गुरुङले बताए ।

दूधखोला र मस्र्याङ्दी नदीको बहाव बढेमा यो फड्के बगाउँछ भनेर निकाल्ने र राख्नेगरी गुजारा चलाइएको गुनासो गर्दै उनले पुल निर्माणमा प्रदेश सरकारसमक्ष बजेट माग गरिएको बताए । झोलुङ्गे पुल नहुँदा यहाँका पाँच वडाका विद्यार्थीलाई विद्यालय जान ज्यानकै बाजी लगाउनुपर्ने अवस्था छ ।

उपचारका लागि बिरामी स्वास्थ्यचौकीमा पुग्न पनि त्यस्तै सकस भएको छ । दूधखोला र मस्र्याङ्दी बढेका बेला वारपार गर्न नसकिने र कोही बिरामी भइहाले झन समस्या बल्झिने गरेकाले प्राविधिक कार्यमा तीनै तहका सरकारले व्यवस्थापन गरिदिए श्रमदान गर्न स्थानीयवासी तयार रहेको वडाध्यक्ष गुरुङले बताए।

‘दैनिक गुजारा टार्नका लागि पनि उनीहरूकै सक्रियतामा फड्के बनाइएको हो, पुल निर्माण गर्न पनि यहाँका बासिन्दा तयार छन्, यतिमात्र हो कि बजेट र प्राविधिकको खटाइ आवश्यक परेको हो’, उनले भने, ‘कुनै पनि त्रास बिना बालबालिका विद्यालयसम्म पुगुन्, बिरामीलाई अस्पतालसम्म सहजरुपमा लैजान सकियोस् भन्ने अपेक्षासहित उनीहरू पुल निर्माणमा श्रमदान गर्न हामी तयार छौँ भन्दै आएका छन् ।’

सरकारबाट बजेटको व्यवस्था हुनासाथ यहाँको पुल निर्माणमा स्थानीयवासी खटिने वडाध्यक्ष गुरुङको भनाइ थियो । 

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ३ : ४१ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना