बन्दीको मृत्युपछि बाल सुधार गृहमा तोडफोड, छानबिन समिति गठन | Khabarhub Khabarhub

बन्दीको मृत्युपछि बाल सुधार गृहमा तोडफोड, छानबिन समिति गठन


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – बलात्कारको आरोपमा मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको थुनामा रहेका एक युवकको आज रहस्यमय ढङ्गले मृत्यु भएपछि गृहमा तोडफोड भएको छ ।

रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आज बिहान रहस्यमय ढङ्गले मृत्यु भएको भन्दै निजका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेपछि दिनभर तनाव ग्रस्त भएको हो । बालसुधार गृहभित्र रहेका बस्नेतको मृत्युपछि सुधार गृहमा रहेका पुरुष थुनुवाले भित्रैबाट र मृतकका आफन्तले बाहिरबाट घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जिल्ला प्रहरी कार्यालय रामेछापबाट विसं २०७७ जेठ २९ गते जबरजस्ती करणी मुद्दाका कारण सुधार गृहमा राखिएका बस्नेतको आज बिहान अचानक बेहोस भएपछि उपचारका लागि गठ्ठाघरस्थित नागरिक अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए ।

मृतकको बाया खुट्टाको तिघ्रामा पिलो आएको र पहिलादेखि नै आँखामा समस्या रहेको तर बेहोसको कारण खुल्न नसकेको भन्दै घटनाबारे आवश्यक छानबिन गरिरहेको उनले बताए । सुधार गृहले आज परिवारलाई मृत्यु भएको खबर दिए पनि मृत्युको कारण स्पष्ट नगराएको र मृत्यु रहस्यमय भएको भन्दै आफन्तले घटनाबारे बुझ्न खोज्दा उल्टै प्रहरी वृत्त थिमिका प्रहरीले पीडित पक्षमाथि दुव्र्यवहार गरेको आफन्तले आरोप लगाएका छन् । उनीहरुले समयमै उपचार नपाउँदा ज्यान गएको भन्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

घटनापछि आजै अपराह्न जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले घटनाबारे यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

प्रजिअ रिजालले घटनाको अनुसन्धान तथा छानबिन गरी सत्यतथ्य ल्याउन निरौलाको नेतृत्वमा प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठक, जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोककुमार पोखरेल सदस्य सचिव र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य रहेको छनबिन समिति गठन गरेको जानकारी दिए ।

प्रजिअ रिजालले भने, “समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी तोकेका छौँ, मृतकका परिवारसँग पनि छलफल भयो, मृतक पक्षसँग सत्यतथ्य अनुसन्धान गर्ने र उनीहरुको जाहेरी प्रहरीले दर्ता गर्ने सहमति भएको छ ।”

सुधार गृहका इन्जार्च सन्तुलन देशेमरुले मृतक बस्नेत शनिबार साँझ खाना खाएर सुतेको तर राति उठेर ज्वरो आयो भन्दै औषधि मागेर खाएको जानकारी दिए । औषधि खाएर सुते पनि बिहान बेहोस भएपछि तत्कालै नजिकैको नागरिक अस्पताल लगेर उपचार गर्ने क्रममै मृत्यु भएको उनले बताए। ज्वरो आएपछि शनिबार नै नेपाली सेनामा रहेका मृतकका दाजुलाई बिरामीका बारेमा जानकारी दिएर बोलाएको उनले बताए।

युसेप नेपालको व्यवस्थापनमा नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको बाल सुधार गृहमा क्षमताभन्दा बढी बालबन्दी रहेका छन् । यहाँ दुई सय १० जनाको क्षमता रहेपछि विभिन्न अपराधका घटनामा परेर सुधार गृहमा रहेका ४३ केटी र दुई सय ५७ केटा गरी हाल तीन सय बन्दी रहेका युसेपन नेपालका निर्देशक केशव सुवालले जानकारी दिए ।

बालबालिकालाई मात्रै सुधार गृहमा राख्ने नियम भए पनि १८ उमेर नाघेकालाई सरकारले कारागारमा पठाउने व्यवस्था नगर्दा सुधार गृहमा १८ वर्षभन्दा माथि उमेरका केटा केटीसमेत रहेका छन् । सुधार गृहमै खाने, बस्ने, खेल्ने, पढ्ने लगायतको सुविधा सरकारले दिएको छ । सुधार गृहभित्रै रहेको विद्यालयमा कक्षा १० सम्मको अध्ययन हुने गरेको निर्देशक सुवालले जानकारी दिए ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ८ : ५६ बजे

दाउरा निकाल्दा राप्तीमा फसेकी बालिकाको सकुशल उद्धार

काठमाडौं– दाङको राप्ती नदीमा बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्ने

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

पाटन– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले नेपाली श्रमिकमाथि

बेलायतको एअरबेसमा प्यालेस्टाइन समर्थकले अनधिकृत प्रवेश गरी हुलहुज्जत गरेपछि…

काठमाडौं– बेलायतमा रहेको शाही वायुसेनाको आधारमा अनधिकृत प्रवेश गरी प्यालेस्टाइन

ढुंण्डीराज लोकतन्त्रमा जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा समाजवादी चिन्तका ढुंण्डीराज

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी