पाँच सय केजी पटकासहित एक पक्राउ « Khabarhub

पाँच सय केजी पटकासहित एक पक्राउ


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानूनीरूपमा भारतबाट पटका, भुइँ चम्पालगायतका आतसबाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याई भण्डारण गरी कारोबार गर्नेलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–१९ घर भई हाल ललितपुर महानगरपालिका सानेपा बस्ने २८ वर्षीय जीतेन्द्रकुमार जैसवाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनका अनुसार ललितपुर जिल्लामा केही व्यक्तिले गैरकानूनीरूपमा भारतबाट पटका, भुइँचम्पालगायतका आतसबाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका जैसवालले भाडामा लिई गोदाम बनाई राखेको कोठाबाट प्रहरीले ३१ वटा बोरामा रहेका रकेट बम, किङ कोब्रा, फायर यर्कस, सिभाकासीसमेत लेखिएको पाँच सय केजीभन्दा बढी विभिन्न किसिमका आतसबाजीरपटका बरामद गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

निज जैसवाललाई पक्राउ गरी विष्फोटक पदार्थसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुरमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ९ : ५२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन