चितवन राष्ट्रिय निकुञ्जले हटायो अतिक्रमित २२ टहरा  | Khabarhub Khabarhub

चितवन राष्ट्रिय निकुञ्जले हटायो अतिक्रमित २२ टहरा 


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जले अतिक्रमण गरी बनाइएका २२ टहरा भत्काएको छ । माडी नगरपालिका– ९ स्थित कुसुमखोलामा नेपाली सेना र निकुञ्जका कर्मचारीले हात्ती समेतको प्रयोग गरी टहरा भत्काएको हो । 

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार हात्तीसहित पुगेका सेना र निकुञ्जका कर्मचारीले ती टहरा भत्काएका हुन् । पहिलेदेखि नै सोही ठाउँमा रहेका काजीमान प्रजाको एउटा घरटहरा भने निकुञ्जले भत्काएको छैन । 

मध्यवर्ती क्षेत्रको जंगल अतिक्रमण गरेर विभिन्न ठाउँबाट आएका व्यक्ति बसोबास गर्ने क्रम बढ्दै गएको र उनीहरुलाई घरटहरा नबनाउन पटकपटक आग्रह गर्दासमेत नरोकिएपछि बाध्य भएर भत्काउनु परेको तिवारीले बताए । टहरा निर्माण गरी वरपरको क्षेत्रमा खेतीपातीसमेत गर्न थालेको उनको भनाइ छ । 

विगतका वर्षहरूमा पनि टहरा बनाउने कार्य भएपछि निकुञ्जले पटक–पटक भत्काउँदै आएको थियो । कुसुमखोलामा चितवन र मकवानपुरका विभिन्न स्थानबाट आएका चेपाङ परिवारहरूले टहरा बनाएको तिवारीले जानकारी दिए । अन्यत्र घर भएकाहरूले समेत टहरा बनाएको उनको भनाइ छ ।  

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ४ : ३५ बजे

चतराधाममा पूर्ण महाकुम्भ मेला सम्पन्न

मोरङ – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित प्राचीन हरिद्वार चतराधाममा बाह्रवर्षे

त्रिदेशीय रणनीतिक सडक निर्माण सुस्त गतिमा

सुदूरपश्चिम – त्रिदेशीय रणनीतिक सडकका रुपमा रहेको धनगढीदेखि बझाङको उत्तरी

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एकजना घाइते

सुस्ता पश्चिम – पश्चिम नवलपरासीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

जेलबाट रिहा भए केजरीवाल 

नयाँ दिल्ली – सर्वोच्च अदालतले अन्तरिम जमानत दिएपछि भारतको दिल्लीका

दीर्घकालीन निर्णय नगर्न गण्डकी सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको