बीपीले परिकल्पना गरेको समावेशिता व्यवहारमा छैन : पूर्वउपसभामुख यादव | Khabarhub Khabarhub

बीपीले परिकल्पना गरेको समावेशिता व्यवहारमा छैन : पूर्वउपसभामुख यादव


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभाकी पूर्वउपसभामुख चित्रलेखा यादवले बीपी कोइरालाले ७० वर्ष अघि परिकल्पना गरेको समावेशिता र सामाजिक रूपान्तरणको परिकल्पनालाई अहिले पनि व्यवहारमा उतार्न नसकिएको बताएकी छन्।

नेपाली कांग्रेसले बीपी कोइरालाको स्मृतिमा कांग्रेसको केन्द्रीय कार्यालय बीपी नगर ललितपुरमा आयोजित ‘समावेसिता, सामाजिक रुपान्तरणबिपी’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पार्टीको पूर्वकोषाध्यक्ष समेत रहेकी यादवले आज जो प्रधानमन्त्री भयो, उसैको निर्वाचन क्षेत्रमा बजेट फालाफाल हुने र पहुँच वालाकै बोलाबाला चल्ने गरेको बताइन्।

उनको प्रश्न थियो ‘आज जो पहुँचवाला छैन, उसको जिल्ला वा निर्वाचन क्षेत्रमा केही हुँदैन, यही हो त बीपीको समावेसिता ? यही हो राजनीतिक रुपान्तरण ?’ नेतृ यादवले नेपाल आज युवा शक्ति निर्यात गर्ने देशको रुपमा चिनिएको भन्दै आफ्ना कमिकमजोरीलाई सुधार्न बिपीको महोत्सवमा सहभागीहरूले दिएको सल्लाहलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिइन्। 

उनले भनिन्, ‘यो देश लोकतान्त्रिक गणतन्त्रको देश हो भनेर चिनाउन समावेशितारूपान्तरणको अभियानलाई मूर्त रूप दिनु पर्छ।’

 

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ५ : १७ बजे

एनिमलको भोजपुरी रिमेक बन्ने, खेसारीलालको मुख्य भूमिका रहने

काठमाडौं– बक्स अफिसमा तहल्का मच्चाइरहेको रणवीर कपुरको ‘एनिमल’ को भोजपुरी

यू-१९ एसिया कपमा भारत पाकिस्तानसँग पराजित

काठमाडौं- एसिसी यू–१९ एसिया कपमा भारत पाकिस्तानसँग ८ विकेटले पराजित

हेटौँडामा धुलो दूधको उत्पादन हुने

हेटौँडा- दुग्ध विकास बोर्डले केही हप्ताभित्रै हेटौँडामा धुलो दूध व्यावसायिक

अमेरिकी पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै ८ लाख रूपैयाँ

एनसेल शेयर खरिदबिक्री प्रकरणको छानबीन सुरु

काठमाडौं – एनसेलको शेयर खरिदबिक्री प्रकरणको छानबिन गर्न गठित समितिले