पाकिस्तानी रुपैयाँको प्रयोगमाथि प्रतिबन्ध लगाउने अफगानिस्तानको तयारी « Khabarhub

पाकिस्तानी रुपैयाँको प्रयोगमाथि प्रतिबन्ध लगाउने अफगानिस्तानको तयारी


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानले पाकिस्तानी रुपैयाँको प्रयोगमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । अफगानिस्तानको खामा प्रेसले जनाएअनुसार अफगानिस्तानको केन्द्रीय बैंकले पाकिस्तानी रुपैयाँको प्रयोगमा बन्देज लगाउने तयारी सुरु गरेको हो ।

मुलुकको दक्षिण पश्चिमी क्षेत्रमा आफ्नै मुलुकको मुद्राको प्रचलनलाई बढाउन भन्दै केन्द्रीय बैंकले पाकिस्तानी रुपैयाँको प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

केन्द्रीय बैंकले मुलुकको दक्षिण पश्चिम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आफ्नो व्यवसायिक कारोबारमा पाकिस्तानी रुपैयाँको प्रयोग नगर्न निर्देशनसमेत दिएको छ । यसका लागि अढाई महिनाको म्याद दिइएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

केन्द्रीय बैंकले कन्दहार, हेल्मन्द, उरुज्गान, जबुल र दैकुन्दी प्रान्तका वासिन्दालाई लक्षित गरी व्यवसायिक कारोबारमा राष्ट्रि मुद्रा अफगानीको मात्रै प्रयोग गर्न निर्देशन जारी गरेको हो ।

अढाई महिनापछि अन्य मुलुकको मुद्रामा व्यवसायिक कारोबार गरे गैरकानूनी ठहरिने र दोषीलाई कारवाही हुनेसमेत चेतावनी दिइएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ९ : २८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको