पाकिस्तानी रुपैयाँको प्रयोगमाथि प्रतिबन्ध लगाउने अफगानिस्तानको तयारी « Khabarhub

पाकिस्तानी रुपैयाँको प्रयोगमाथि प्रतिबन्ध लगाउने अफगानिस्तानको तयारी


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानले पाकिस्तानी रुपैयाँको प्रयोगमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । अफगानिस्तानको खामा प्रेसले जनाएअनुसार अफगानिस्तानको केन्द्रीय बैंकले पाकिस्तानी रुपैयाँको प्रयोगमा बन्देज लगाउने तयारी सुरु गरेको हो ।

मुलुकको दक्षिण पश्चिमी क्षेत्रमा आफ्नै मुलुकको मुद्राको प्रचलनलाई बढाउन भन्दै केन्द्रीय बैंकले पाकिस्तानी रुपैयाँको प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

केन्द्रीय बैंकले मुलुकको दक्षिण पश्चिम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आफ्नो व्यवसायिक कारोबारमा पाकिस्तानी रुपैयाँको प्रयोग नगर्न निर्देशनसमेत दिएको छ । यसका लागि अढाई महिनाको म्याद दिइएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

केन्द्रीय बैंकले कन्दहार, हेल्मन्द, उरुज्गान, जबुल र दैकुन्दी प्रान्तका वासिन्दालाई लक्षित गरी व्यवसायिक कारोबारमा राष्ट्रि मुद्रा अफगानीको मात्रै प्रयोग गर्न निर्देशन जारी गरेको हो ।

अढाई महिनापछि अन्य मुलुकको मुद्रामा व्यवसायिक कारोबार गरे गैरकानूनी ठहरिने र दोषीलाई कारवाही हुनेसमेत चेतावनी दिइएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ९ : २८ बजे

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशका

न्युरोड टिमले संकटा क्लब पराजित

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा न्युरोड टिम (एनआरटी) ले

साताको कार्टुन : बालेन्द्रको चुनावी सक्रियता

काठमाडौं- फागुन २१ गते तोकिएको चुनावको तयारी तीव्र भइरहेको छ

प्रचण्डलाई विप्लवको जवाफ : चुनावी सहकार्यसमेत नगर्नेसँग एकता हुन सक्दैन

काठमाडौं- नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली

थाइल्यान्डमा सैन्य विमान दुर्घटना हुदाँ दुई पाइलटको मृत्यु

बैंकक– उत्तरी थाइल्यान्डको चियाङ माई प्रान्तमा सैन्य प्रशिक्षण अभियानको क्रममा