शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा सरकारले लगानी बढाउनुपर्छ : अध्यक्ष नेपाल « Khabarhub

शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा सरकारले लगानी बढाउनुपर्छ : अध्यक्ष नेपाल


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विषय नागरिकको मौलिक अधिकार भएकाले यसमा सरकारले लगानी बढाउनुपर्ने बताएका छन् ।

पार्टी निकट नेपाल रिटर्नी एसोसिएसन समाजवादीको राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै उनले वैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपालीले आर्जन गरेको पूँजी र सीपको उपयोग गरी मुलुकमा उत्पादन वृद्धि गर्नसकेमा रोजगारी वृद्धि भई सामाजिक रूपान्तरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार क्षेत्रको विकासमा प्रचुर सम्भावना रहेकाले यसमा गरिने लगानीले ठूलो सङ्ख्यामा रोजगारीका अवसर सिर्जना गर्ने, पूँजी परिचालन तथा अर्थतन्त्रलाई गतिशील बनाउने उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री नेपालले पार्टीले अवलम्बन गरेको आदर्श नीतिले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको महत्त्व रहेको बताउँदै मुलुकमा गरिबी निवारणका लागि औद्योगीकरण गर्न समाजवादी व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

उनले देशभर गर्न लागिएको समाजवाद जागरण यात्रामा जनताको समस्यालाई प्राथमिकता दिएर उनीहरूको सेवालाई केन्द्रमा राख्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष नेपालले राष्ट्रियताको संरक्षण, जनजीविका, पूर्वाधारको निर्माण तथा विकास र समृद्धिका विषयमा सबैको साझा दृष्टिकोण हुनुपर्ने बताए ।

दलहरूबीच हुनसक्ने ध्रुवीकरणले मुलुकको राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने बताउँदै उनले समान लक्ष्य र प्रष्ट वैचारिक दृष्टिकोण भएका शक्तिबीच एकता गर्नुपर्ने विचार व्यक्त गरे ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  १० : ४२ बजे

रविले गरे श्रीमती निकितासहित आफ्नी दिदीको प्रशंसा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चार वर्षे राजनीति

‘अहिले बालेनको खुट्टामा बल, भटाभट गोल हान्‍नुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ को

रास्वपालाई कसैले ढाल्न सक्दैन : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र

अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार

किमाथाङ्का– अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

हाम्रो पार्टी विकासवादी हो : प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले राष्ट्रिय स्वतन्त्र पार्टी विकासवादी पार्टी