घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण « Khabarhub

घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकाले दसैँलाई लक्षित गरी घरदैलोमा पुगेर लाभग्राहीलाई ज्येष्ठ नागरिक भत्ता वितरण गरेको छ । गाउँपालिकाले चालु आव २०८०-८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर वितरण गरेको हो । 

नेपालीको महान् पर्व बडादसैँ सुरु भइसकेको र ज्येष्ठ नागरिकले दसैँ खुसीसाथ मनाउन सकून् भन्ने उद्देश्यसहित घरदैलोमा नै पुगेर भत्ता वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार ६८ वर्षमाथिका ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक दलित, ज्येष्ठ नागरिक एकल महिला, विधवा, पूर्ण अपाङ्ग (क) वर्ग, अशक्त अपाङ्ग (ख) वर्ग, पाँच वर्षमुनिका बालबालिकालाई घरदैलोमा पुगी भत्ता वितरण थालिएको छ । 

उनले भने, ‘अशक्त व्यक्तिलाई घरमै पुगेर भत्ता वितरण गरेका छौँ भने अन्यलाई घर नजिकको पायक पर्ने स्थानमा भेला गराई भत्ता वितरण गरिएको छ । दसैँका बेला भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी भएका छन् ।’

वडा नम्बर १ का अशक्त व्यक्तिलाई घरमा नै पुगेर भत्ता वितरण गरिसकिएको छ । त्यस्तै यही असोज २७ गते सोही वडाको देवीडाँडा आमा समूह भवन, २८ गते चन्द्रोदय माविमा भत्ता वितरण गरिएको छ । 

त्यस्तै वडा नम्बर २ को कोटगाउँ, पतेनी, एक्लेफाँट, पौवा, खोलागाउँमा असोज २६ गते, तिलबारी, नयाँगाउँ र डुम्रीखर्कमा असोज २७ गते भत्ता वितरण गरिएको छ भने ढापटार, नारीघाट, खानीखोलामा कात्तिक १ गते, अदुवाखर्क, ढकालटार, घोक्रिङ खर्कमा कात्तिक २ गते भत्ता वितरण गरिएको छ ।

वडा नम्बर ३ को आँबुगाउँ, कोटगाउँ, धारापानीमा असोज २९ गते, वडा नम्बर ४ को घ्याङसिङ, भाँगे, लोप्राङ, अक्लाङ, काफलडाँडामा असोज २७ गते, आमडाँडा, बेसी, खस्राङ, पूर्वबेँसी, दुवाबेँसी, साँखर, बेनीटार, वडा कार्यालय भवनमा असोज २८ गते भत्ता वितरण गरिएको छ । 

वडा नम्बर ५ को घुमाउने, बरालुङबेँसी, लाब्दी, भोटेश्वारा, भकुन्डी, वडा कार्यालय भवनमा कात्तिक १ गते, वडा नम्बर ६ को हिलेखर्क, पुर्लुङमा कात्तिक १ गते र प्युघर र रतनपुरमा कात्तिक २ गते भत्ता वितरण गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जनतालाई जसरी हुन्छ सेवा लिन सजिलो बनाउने बताउनुभयो । अध्यक्ष चुमानका अनुसार सामाजिक सुरक्षा भत्ता लिन जनतालाई बैंकसम्म आइपुग्ने झन्झटबाट मुक्त गर्न टोलमै पुगेर भत्ता वितरण गर्न थालिएको हो ।

उनले भने, ‘मैले चुनावमा जनता सामु गरेका वाचा पूरा गर्दै टोल–टोलमा सामाजिक सुरक्षा भत्ता वितरण अभियानलाई निरन्तरता दिएको छु । पहिलो प्राथमिकता नै अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई कसरी सहजरुपमा गाउँमै भत्ता पुर्‍याउन सकिन्छ भन्ने थियो ।’

टोल–टोलमा भत्ता वितरण सुरु गरिएसँगै अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले गाउँबाट आएर बजारमा रहेको बैंकको ढोकामा घन्टौँ लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने बाध्यता हटेको छ । गाउँपालिकाले यो कामका कारण ज्येष्ठ नागरिक खुसी भएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ६ : ५८ बजे

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौं- सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ ।

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन- चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर अस्पतालको

मधेशका चार दलको निर्णय : कांग्रेसकै सरकारलाई निरन्तरता दिने

जनकपुरधाम- सत्तारूढ चार दलले मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई

रास्वपा सांसदहरूलाई पढाउन रवि स्टाफ कलेज पुग्दा… (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आइतबार सांसदहरूलाई सम्बोधन

पाकिस्तानको उत्तर–पश्चिममा प्रहरी चौकीमा आक्रमण, १२ प्रहरीको मृत्यु

इस्लामावाद- पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा शनिबार राति भएको कार बम आक्रमण