काठमाडौँ– कुमारी बैंक लिमिटेडले नेपालीहरूको महान चाड बडा दशैँलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरूमा विभिन्न आकर्षक सुविधा सहित सार्वजनिक गरेको ‘बडा दशैँ दक्षिणा’ र ‘क्यास अफर’ योजना लाई थप समयको लागि निरन्तरता दिएको छ ।
नेपाली बैंकिङ क्षेत्रमा अग्रपङ्क्तिमा रहेको कुमारी बैंक लिमिटेडको क्यास अफर योजनाले महान चाड दशैँको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने छ । यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०-५० जनालाई बैंकद्वारा २५% अधिकतम ५०१ रुपैयाँ सम्म क्यास ब्याक दिइने छ ।
चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरू आगामी कार्तिक ६ देखी कार्तिक ११ गते सम्मका लागि समेत निरन्तर रहने जनाएको छ । साथै, कुमारी बैंक लिमिटेडले बडा दशैँ को विशेष दिन विजया दशमीका दिन आफ्ना ग्राहकहरूलाई थप आकर्षक सुविधा सहित ‘क्यास अफर’ सँगै ‘बडा दशैँ दक्षिणा’ योजना समेत सार्वजनिक गरेको छ ।
यस योजनामा कात्तिक ७ गते विजया दशमीका दिन मोबाइल बैंकिङ मार्फत रकम स्थानान्तरण कारोबार गर्दा नदोहोरिने गरी पहिलो १४०० जना ग्राहकहरूलाई बैंकद्वारा रु ५०क्यास ब्याक दिइने जनाएको छ । क्यास ब्याकका लागि योग्य हुन न्यनतम कारोबार रु १०० हुनुपर्नेछ ।
कुमारी बैंकले देशभर रहेका ३०८ शाखा, ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम र ६४ शाखारहित बैंकिङ एकाइहरू सहितको आफ्नो वृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।