तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्त्तिक १८ गतेदेखि काठमाडौंमा हुने « Khabarhub

तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्त्तिक १८ गतेदेखि काठमाडौंमा हुने


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्त्तिक १८ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।

वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कात्तिक १८ गतेदेखि २५ गतेसम्म हुने जानकारी गराएको हो ।

प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक कमिटीका संयोजक सञ्जिव तुलाधरले जानकारी दिए । सिनियरमा ४, भेट्रानमा ७ र जुनियरका १२ स्पर्धामा खेल हुनेछ ।

सिनियर र भेट्रानमा गरी जम्मा ९ लाख ५ हजार नगद पुरस्कार रहेको आयोजकले जनाएका छ । गत संस्करण भन्दा पुरस्कार राशीमा २ लाख ५ हजार वृद्धि गरिएको छ । जुनियरमा भने प्रोत्साहन स्वरुप गिफ्ट ह्याम्पर प्रदान गरिने गणेशमान सिंह फाउन्डेसनका बोर्ड सदस्य भाष्करमान सिंहले जानकारी दिए ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने बताइएको छ । आठ दिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  २ : ५३ बजे

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु

कर्णाली– अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको

कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय अधिवेशन

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशसभा

कांग्रेसको १५औँ महाधिवेशनमा लामिछाने, ओली र प्रचण्डलाई निम्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेका