युक्रेनले लडाकु विमान प्राप्त गर्दै | Khabarhub Khabarhub

युक्रेनले लडाकु विमान प्राप्त गर्दै


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

किभ- युक्रेनले सन् २०२४ मा एफ-१६ लडाकु विमान प्राप्त गर्ने भएको छ । विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशले सन् २०२४ को पहिलो छ महिनामा एफ–१६ लडाकु विमान प्राप्त गर्न सक्ने बताएका हुन् ।

“मलाई लाग्छ यो अर्को वर्षको पहिलो छ महिनामा हुनेछ”, उनको भनाइ उद्धृत गर्दै इन्टरफ्याक्स–युक्रेन समाचार संस्थाले जनाएको छ । उचित पूर्वाधारको व्यवस्था गरिसकेपछि र युक्रेनी पाइलटहरूले तालिम लिइसकेपछि युक्रेनले एफ–१६ जेटहरु प्राप्त गर्ने उनले बताए ।

गत हप्ता युक्रेनी सेनाका प्रवक्ता युरी इग्नाटले  बताए अनुसार युक्रेनी पाइलटहरूले केही हप्तामा वास्तविक एफ–१६ जेटमा प्रशिक्षका साथ उडान सुरु गर्ने जानकारी दिएका थिए । नेदरल्यान्ड्स, डेनमार्क,नर्वे र बेल्जियमले रुससँग द्वन्द्वका बीच युक्रेनलाई उसको लडाकु विमानको अवस्थालाई उन्नत बनाउन  एफ–१६ लडाकू विमान हस्तान्तरण गर्ने वाचा गरेका थिए ।

यसैबीच युक्रेनले स्थायी रुपमा अमेरिकाबाट स्थायी रूपमा एटीएसीएमएस लामो दूरीका क्षेप्यास्त्रहरु प्राप्त गर्ने भएको छ । सरकारी समाचार समिति युक्रेनफर्मले बिहीबार विदेशमन्त्री कुलेबालाई उद्धत गर्दै उक्त कुरा बताएको हो ।

युक्रेनलाई एटीएसीएमएसको आपूर्ति सम्झौता गत महिनामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी  राष्ट्रपति  जो बाइडेनबीच भएको कुलेबाले बताए । “सम्झौता सम्पन्न गर्न र हाम्रो मार हान्ने क्षमतालाई सुदृढ बनाउनका लागि हामी अमेरिकाको सराहना गर्छौँ”, पहिला नै प्राप्त मिसाइलको सङ्ख्या उल्लेख नगरी मन्त्री कुलेबाले भने ।

एटिएसीएमएस अमेरिकी प्रतिरक्षा कम्पनी लकहिडद्वारा निर्मित सामरिक ब्यालेस्टिक मिसाइल हो । यसको मार हान्ने क्षमता करिब तीन सय किलोमिटरसम्म रहेको बताइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ४ : १२ बजे

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी

धनुषामा पुरुषको शव फेला 

काठमाडौं– धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ