देशको आर्थिक अवस्था जर्जर बन्दै गएकोप्रति पूर्वराजा शाहद्वारा चिन्ता व्यक्त « Khabarhub

देशको आर्थिक अवस्था जर्जर बन्दै गएकोप्रति पूर्वराजा शाहद्वारा चिन्ता व्यक्त


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको आर्थिक अवस्था जर्जर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । विजया दशमीको शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले डेढ दशकयताको अवधिमा नेपाली जनतामा उत्साह नरहेको भन्दै जनता अति नै निराश र हतासमा रहेको उल्लेख गरेका छन् ।

एक तिहाइ जनसङ्ख्या देशबाहिर रहेको भन्दै पूर्वराजा शाहले विदेशिएका र देशमै रहेबसेका दुबैथरीमा विछोडको पीडा रहेको उल्लेख गरेका छन् । जनतामा महँगी, रोग, शोक, र भोकको ताप रहेको भन्दै उनले मुलुक निरन्तर परनिर्भर हुँदै जाँदा आर्थिक अवस्था पनि जर्जर बन्दै गएको बताएका छन् । उनले जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्नुपर्ने भन्दै देश र जनता माथि अब कुनै प्रकारको घात हुन नहुने चाहना व्यक्त गरेका छन् ।

व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्वन्द्व, चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित भएको शाहको भनाइ छ । यस्तो अवस्थामा जनताले उत्साह, उल्लास र उमङ्गका साथ चाडबाड मनाउन पाउनु त कता कता साँझ बिहानको जीवन यापन पनि कष्टकर बन्दै गएको त छैन ? भनेर उनले प्रश्न गरेका छन् ।

लोकहित र अग्र गतिको नाममा भनेर आएको परिवर्तनले राम्रो सुधार ल्याउन नसकेको उल्लेख गर्दै शाहले देश झन् झन् खराबीतिर गयो भन्ने आम जनगुनासो गाउँ, सहर, लेक, बेसी, कुना कन्दरा सबैतिर सुनिएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ६ : ३५ बजे

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई