सिओएएस इन्टरनेशनल ट्राई एडभेञ्चर सम्पन्न « Khabarhub

सिओएएस इन्टरनेशनल ट्राई एडभेञ्चर सम्पन्न


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाको आयोजनामा स्वदेशी तथा विदेशी टिमहरुको सहभागितामा सिओएस इन्टरनेशनल ट्राई एडभेञ्चरको छैटौँ संस्करण आज सम्पन्न भएको छ ।

धादिङको बैरेनीदेखि चरौदीसम्म सञ्चालन भएको उक्त प्रतियोगिताअन्तर्गत ६.७ किलोमिटर दौड, २६ किलोमिटर साइक्लिङ र ११ किलोमिटर र्‍याफटिङ समावेश भएको थियो ।
प्रतियोगितामा नेपाली सेनाका एउटा महिला टोलीसहित चार समूह, भारतीय सेनाका दुई समूह, बेलायत र अमेरिकाका एक–एक समूूह गरी २१ टोलीका ८४ जना खेलाडीले भाग लिएका थिए ।

प्रतियोगितामा नेपाली सेनासहित स्वदेशी १७ र चार वटा विदेशी टोलीबीच भएको स्पर्धामा त्रिभुवन आर्मी क्लबको ए टीम प्रथम भएको छ । उक्त समूहले ४३।७ किलोमिटरको तीन विधाको प्रतिस्पर्धा दुई घण्टा १२ मिनेट २३ सेकेण्डमा पूरा गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाकै त्रिभुवन आर्मी क्लबको ए टीमले दुई घण्टा १४ मिनेट २३ सेकेण्डमा सो दूरी पूरा गरेर दोस्रो स्थान हासिल गरेको छ ।

नेपाली सेनाको महिलाको टोलीले भने सोही स्पर्धा दुई घण्टा ५७ मिनेट ११ सेकेण्डमा पूरा गरेर महिलातर्फ पहिलो स्थान हासिल गरेको छ । युनाटेड फिक्कल माउन्टेन बाइक स्क्वाड सोही दूरी तीन घण्टा ३४ मिनेट ५ सेकेण्डमा पूरा गरेर दोस्रो भएको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार २०७१ सालदेखि प्रारम्भ भएको उक्त प्रतियोगितामा २०७४ मा विदेशी टोली पनि सहभागी हुन थालेको हो । यसअघिका स्पर्धामा बङ्गलादेश, पाकिस्तान, मालदिभ्स र श्रीलङ्काली टोलीले पनि भाग लिएका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ७ : ३४ बजे

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष