उडेको जहाजमा जन्मने शिशु कुन देशको नागरिक हुन्छ ? | Khabarhub Khabarhub

उडेको जहाजमा जन्मने शिशु कुन देशको नागरिक हुन्छ ?


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

अन्तर्राष्ट्रिय उडानमा गर्भवती महिलाले बच्चालाई जन्म दिनु निकै दुर्लभ घटना मानिन्छ । यदि केही गरी गर्भवती महिलाले यस्तो उडानमा बच्चालाई जन्म दिइन भने त्यो अवस्थामा के होला भन्ने विषयमा विभिन्न तर्क कुतर्क प्रचलनमा छन । बच्चाको राष्ट्रियताबारे विभिन्न मुलुकका आ–आफ्नै सिद्धान्त रहेका छन् ।

उदाहरणका लागि अमेरिकी आकाशमा कोही बच्चाको जन्म हुन्छ भने त्यस बच्चालाई स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने हक हुन्छ । किनभने नागरिकतासम्बन्धी अमेरिकी सिद्धान्त जुल सोली अर्थात् ‘माटोको अधिकार’ मा आधारित रहेको छ । यसमा अमेरिकी आकाश र अमेरिकी जलक्षेत्र पनि समावेश रहेको छ ।

अमेरिकी काननुअनुसार अमेरिकी माटोमा जन्मने जो कोहीले राष्ट्रपतिमा चुनाव लड्ने सम्मको हैसियत प्राप्त गर्छ । विश्वमा विभिन्न मुलुकहरुको नागरिक प्रदानगर्ने पद्दती फरक–फरक हुन्छ । केही मुलुकहरुले नागरिकताका लागि बच्चाको जन्म भएको स्थान (जुस सोली) लाई प्राथमिकता दिन्छन् भने केही मुलुकहरुले बच्चाको मातापिताको नागरिकता (जुस सान्गुइनिस) लाई बैधानिकता दिन्छन् ।

त्यसविपरीत केही मुलुकहरुले नागरिकताका लागि जुस सान्गुइनिस अर्थात् ‘रगतको अधिकार’ सिद्धान्त अपनाएका छन् । यसअनुसार नागरिकता भएका आमाबाबुबाट जन्मेको बच्चाले मात्रै त्यस मुलुकको नागरिकता दाबी गर्न सक्छ । उदाहरणका लागि बेलायती भूमिमा गैर बेलायती आमाबाबुबाट जन्मेको बच्चालाई बेलायती नागरिकता स्वतः दाबी गर्ने हक हुँदैन । बेलायती नागरिकता वा बेलायतमै रहने अधिकारप्राप्त आमाबाबुबाट जन्मेको बच्चाले मात्रै बेलायती नागरिकतामा अधिकार जमाउन सक्छ ।

यता, अर्जेन्टिना, ब्राजिल, मेक्सिको जस्ता मुलुकले आफ्नो हवाई क्षेत्रमा जन्मेका बच्चालाई जन्मसिद्ध नागरिकता प्रदान गर्दछन् । अब प्रश्न उठ्छ, अन्तर्राष्ट्रिय आकाशमा वा कुनै मुलुकको सार्वभौमिकता नपर्ने हवाई क्षेत्रमा जन्मेको बच्चाको नागरिकता चाहीँ के हुन्छ ? यसमा उडान भरिरहेको जहाज कुन मुलुकमा दर्ता भएको हो, त्यसमा निर्भर हुन्छ । आकाशमा उडान भर्ने हरेक जहाज कुनै न कुनै मुलुकमा दर्ता भएका हुन्छन् ।

राष्ट्रियता विहीनता घटाउने संयुक्त राष्ट्रसंघीय अभिसन्धिअनुसार अन्तर्राष्ट्रिय उडानमा जन्मेको बच्चा राष्ट्रियताविहीन हुने अवस्था आएको खण्डमा उडान भरेको जहाज जुन मुलुकमा दर्ता भएको हो, उक्त बच्चाले त्यही मुलुकको नागरिकता प्राप्त गर्दछ ।

अन्तर्राष्ट्रिय नियम कानुन जे जस्तो भएपनि अन्तर्राष्ट्रिय उडानमा बच्चाको जन्म हुनु निकै दुर्लभ घटना हो । अधिकांश हवाई सेवा कम्पनीहरुले सुत्केरी हुन लागेका गर्भवती महिलाहरुलाई उडान भर्न बन्देज लगाएका छन् । एक शताब्दीको रेकर्डमा उडिरहेको जहाजमा केबल ७५ जना बच्चाको मात्रै जन्म भएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ३ : १३ बजे

धार्मिक पर्यटकको आकर्षणमा शालिग्राम सङ्ग्रहालय

ढोरपाटन– एक दशकअगाडि सम्म बागलुङ नगरपालिका–४ कुँडुले फेदी सुनसान थियो

साढे ५७ अर्ब सार्वजनिक ऋण थपियो 

काठमाडौँ– चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो चौमासिक अवधिमा रू

मुलुकमा आर्थिक संकट न्यूनीकरण हुँदैछ :  मन्त्री ज्वाला

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकमा आर्थिक संकट

सोमालियामा बाढीबाट १०० को मृत्यु

संयुक्त राष्ट्रसङ्घ– सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण झण्डै

 गजुरेलको ‘जोक’ जस्तो जिन्दगी !

काठमाडौं– ताप्लेजुङको मामाङ्खे गाउँमा २०३० सालमा जन्मिएका चर्चित हास्यकलाकार मनोज