उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व सम्पन्न « Khabarhub

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व सम्पन्न


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठपर्व समापन गरिएको छ । हिजो अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरूले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ व्रत समापन गरेका हुन् ।

सूर्यको आराधना गरेर कार्तिक शुक्ल चतुर्थीका दिनदेखि विधिवत् रूपमा सुरु भएको छठपर्व आज समापन गरिएको हो ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीका दिन व्रत आरम्भ गरी सप्तमीको दिन पूरा गरिन्छ। छठमा विशेषगरी सूर्य र छठी माताको पूजा आराधना गर्ने परम्परा छ। विधिपूर्वक उपासना गर्नाले पारिवारिक सुख–समृद्धि प्राप्त हुने र छालाका रोग नास हुने विश्वास गरिन्छ।

विशेष गरी मिथिलाञ्चल क्षेत्रमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौँ उपत्यका लगायत विभिन्न पहाडी क्षेत्रहरूमा पनि मनाउन थालिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ७ : २८ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट