धर्म / संस्कृति

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व सम्पन्न

By खबरहब

November 20, 2023

काठमाडौँ– उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठपर्व समापन गरिएको छ । हिजो अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरूले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ व्रत समापन गरेका हुन् ।

सूर्यको आराधना गरेर कार्तिक शुक्ल चतुर्थीका दिनदेखि विधिवत् रूपमा सुरु भएको छठपर्व आज समापन गरिएको हो ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीका दिन व्रत आरम्भ गरी सप्तमीको दिन पूरा गरिन्छ। छठमा विशेषगरी सूर्य र छठी माताको पूजा आराधना गर्ने परम्परा छ। विधिपूर्वक उपासना गर्नाले पारिवारिक सुख–समृद्धि प्राप्त हुने र छालाका रोग नास हुने विश्वास गरिन्छ।

विशेष गरी मिथिलाञ्चल क्षेत्रमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौँ उपत्यका लगायत विभिन्न पहाडी क्षेत्रहरूमा पनि मनाउन थालिएको छ ।