हमासले बन्धकलाई अस्पताल लगेको भिडियो सार्वजनिक | Khabarhub Khabarhub

हमासले बन्धकलाई अस्पताल लगेको भिडियो सार्वजनिक


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हमासले इजरायलमा आक्रमणपछि अपहरण गरेर लगेका व्यक्तिहरू रहेको एक भिडियो सार्वजनिक गरेको छ । 

आईडीएफले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत प्यालेस्टाइनी लडाकु समूह हमासले दुईजनालाई अस्पताल लैजाँदै गरेको भिडियो सार्वजनिक गरेको हो ।

ती दुई जनामध्ये एकजना नेपाली र अर्का एकजना थाइ नागरिक भएको उल्लेख गरिएको छ । तर उनीहरु को हुन् र अहिले कहाँ छन् भन्ने बारेमा केही खुलेको छैन । उनीहरूलाई घाइते अवस्थामा

उक्त भिडियोमा हमासले एकजनालाई स्ट्रेचर र अर्का एकजनालाई घेरेर अस्पतालभित्र लगिएको देख्न सकिन्छ । उनीहरूलाई लगिएको अस्पताल गाजास्थित अल सिफा रहेको उल्लेख गरिएको छ । 

गत असोज २० गते हमासले इजरायलमाथि एक्कासि आक्रमण गरेको थियो । सो आक्रमणका क्रममा हमास समूहले नेपालका विपिन जोशीसहित विभिन्न देशका दुई सयभन्दा बढी नागरिकलाई अपहरण गरेर बन्धक बनाएको छ । हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए।

नेपाली विद्यार्थी विपिनलाई हमास समूहले बन्धक बनाएर राखेको पुष्टि

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १० : ३१ बजे

पर्यटकीय गन्तव्यमा बिजुली पुर्‍याउछौँ : ऊर्जामन्त्री

कास्की – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटकीय गन्तव्यमा

चलचित्र मनोरञ्जन मात्र होइन : रघुजी पन्त

काठमाडौं – नेकपा (एमाले)का नेता रघुजी पन्तले चलचित्र आम मानिससम्म

नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट

काठमाडौं – लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट

धाविका सुनमायाको नयाँ कीर्तिमानी

कर्णाली –हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा नेपालकी सुनमाया

एआईसीले नेपाल सरकारलाई पठायो पत्र

काठमाडौं – सामाजिक सञ्जाल नियमनका लागि सरकारले अघिल्लो महिना जारी