हमासले बन्धकलाई अस्पताल लगेको भिडियो सार्वजनिक « Khabarhub

हमासले बन्धकलाई अस्पताल लगेको भिडियो सार्वजनिक


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हमासले इजरायलमा आक्रमणपछि अपहरण गरेर लगेका व्यक्तिहरू रहेको एक भिडियो सार्वजनिक गरेको छ । 

आईडीएफले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत प्यालेस्टाइनी लडाकु समूह हमासले दुईजनालाई अस्पताल लैजाँदै गरेको भिडियो सार्वजनिक गरेको हो ।

ती दुई जनामध्ये एकजना नेपाली र अर्का एकजना थाइ नागरिक भएको उल्लेख गरिएको छ । तर उनीहरु को हुन् र अहिले कहाँ छन् भन्ने बारेमा केही खुलेको छैन । उनीहरूलाई घाइते अवस्थामा

उक्त भिडियोमा हमासले एकजनालाई स्ट्रेचर र अर्का एकजनालाई घेरेर अस्पतालभित्र लगिएको देख्न सकिन्छ । उनीहरूलाई लगिएको अस्पताल गाजास्थित अल सिफा रहेको उल्लेख गरिएको छ । 

गत असोज २० गते हमासले इजरायलमाथि एक्कासि आक्रमण गरेको थियो । सो आक्रमणका क्रममा हमास समूहले नेपालका विपिन जोशीसहित विभिन्न देशका दुई सयभन्दा बढी नागरिकलाई अपहरण गरेर बन्धक बनाएको छ । हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए।

नेपाली विद्यार्थी विपिनलाई हमास समूहले बन्धक बनाएर राखेको पुष्टि

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १० : ३१ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई