सवारी दुर्घटनामा एक जनाको मृत्यु | Khabarhub Khabarhub

सवारी दुर्घटनामा एक जनाको मृत्यु


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगर–भाँसी खण्डमा सोमबार बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार स्कुटर चालक भीमदत्त नगरपालिका वडा नम्बर- ९ का ४८ वर्षीय तारासिंह कार्कीको मृत्यु भएको छ । 

भाँसीमा सुदूरपश्चिम प्रदेश ०२००४१ प २७०० नम्बरको स्कुटर र म २ प ७४५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएका प्रहरीले जनाएको छ । कार्कीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही स्कुटरमा सवार कार्कीकी श्रीमती लक्ष्मी कार्की भने घाइते छन् । 

दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक बेदकोट नगरपालिका–१० का २२ वर्षीय शेरसिंह सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना स्थलमा रहेको ट्याक्टर चालकलाई समेत सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  २ : २१ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा