सवारी दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा एक जनाको मृत्यु


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगर–भाँसी खण्डमा सोमबार बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार स्कुटर चालक भीमदत्त नगरपालिका वडा नम्बर- ९ का ४८ वर्षीय तारासिंह कार्कीको मृत्यु भएको छ । 

भाँसीमा सुदूरपश्चिम प्रदेश ०२००४१ प २७०० नम्बरको स्कुटर र म २ प ७४५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएका प्रहरीले जनाएको छ । कार्कीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही स्कुटरमा सवार कार्कीकी श्रीमती लक्ष्मी कार्की भने घाइते छन् । 

दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक बेदकोट नगरपालिका–१० का २२ वर्षीय शेरसिंह सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना स्थलमा रहेको ट्याक्टर चालकलाई समेत सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  २ : २१ बजे

टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

साम्बाको उपचार निःशुल्क गरिदिने काठमाडौँ मेडिकल कलेजको घोषणा

काठमाडौं – काठमाडौँ मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान

दुई दर्जन कारण देखाउँदै एमालेले माग्यो ईश्वर पोखरेललाई माग्यो भोट

काठमाडौँ– काठमाडौं निर्वाचन क्षेत्र नंम्बर ५ मा उम्मेदवार रहेका एमाले

शेखर कोइराला भन्छन् : कांग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ

मोरङ – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नंं ६

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन