देश/प्रदेश

सडकमा आश्रित नागरिकको व्यवस्थापनका लागि कानुन ल्याउँछौ -प्रधानमन्त्री

By खबरहब

November 20, 2023

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले सडकमा आश्रित नागरिकको व्यवस्थापनका लागि सरकारले कानून बनाउने बताएका छन् ।

मानवसेवा आश्रमको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले बेवारिसे, असहाय, अनाथ, असक्त, जोखिममा परेका सडक आश्रित नागरिकको व्यवस्थापनका लागि सरकारले संसदमा विधेयक लैजाने बताए ।

संघ, प्रदेश र स्थानीय सरकारबाट पनि सहयोगापेक्षी मानव व्यवस्थापन गर्न आवश्यक बजेट व्यवस्थापन गर्न पनि आफूले समन्वय गर्ने उनको भनाई छ ।

सबै प्रदेशमा एक-एक वटा सडक आश्रित मानव उद्धारका सवारी साधन उपलब्ध गराउने प्रधानमन्त्री दाहालले प्रतिवद्धता जनाए ।