आइसीसीको टिम अफ द टुर्नामेन्टमा भारतका ६ खेलाडी « Khabarhub

आइसीसीको टिम अफ द टुर्नामेन्टमा भारतका ६ खेलाडी


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकदिवसी विश्वकप क्रिकेट सकिएसँगै आइसीसीले ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा गरेको छ । आइसीसीको टिम अफ द टुर्नामेन्टमा भारतका ६ खेलाडी पर्दा विश्व विजेता अस्ट्रेलियाका कप्तान भने टिममा अटाएनन् । हेर्नुहोस आइसीसीको टिम अफ द टुर्नामेन्ट ।

१. क्विन्टन डि कक (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिकाका विकेटकिपर क्विन्टन डि ककको नाम आईसीसीको प्लेइङ ११ मा पहिलो नम्बरमा छ । उनले लिग चरणका खेलमा ४ वटा शतक बनाएका थिए ।

२. रोहित शर्मा (भारत)

भारतीय कप्तान तथा ओपनर रोहित शर्मा दोस्रो नम्बरमा छन् । उनले ओपनिङमा देखाएको प्रदर्शन सहरानीय रहेको छ । उनले प्रतियोगिताभर ५९७ रन बनाएका छन् ।

३. विराट कोहली (भारत)

विराट कोहलीले यो विश्वकपमा आफ्नो एकदिवसीय शतक ५० पूरा गरेका छन । उनले भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकरको रेकर्ड तोडे । उनले विश्वकपमा हालसम्मका कुनै पनि ब्याटरले जोड्न नसकेको जति ऐतिहासिक रन बनाए । उनले एकै विश्वकपमा ७६५ रन बनाए ।

४. डेरेल मिचेल (न्यूजिल्यान्ड)

न्यूजिल्यान्डका ब्याटर डेरेलले यस विश्वकपमा ५५२ रन बनाए । उनको टिम सेमिफाइनलबाट बाहिरिए पनि उनको प्रदर्शनले भने यस विश्वकपमा तारिफ कमाएको थियो ।

५. केएल राहुल (भारत)

भारतीय विकेट किपर ब्याटर केएल राहुलले यो विश्वकपमा ४५२ रन बनाए । उनी संयम भएर खेल्ने खेलाडी हुन् ।

६. ग्लेन म्याक्सवेल (अष्ट्रेलिया)

म्याक्सवेल अफगानिस्तानविरुद्धको खेलमा नटआउट दोहोरो शतक हान्दा अस्ट्रेलियाले हारेको खेल जितेको थियो । उनले नेदरल्यान्ड्सविरुद्ध ४० बलमा शतक प्रहार गर्दै विश्वकपमा सर्वाधिक छिटो शतक बनाउने खेलाडी बने ।

७. रविन्द्र जडेजा (भारत)

रविन्द्र जडेजा भारतीय टिमका बलिङ अलराउन्डर हुन । उनले भारतको लागि यो विश्वकपमा केही उत्कृष्ट पारी खेलेका थिए ।

८. जसप्रित बुमराह (भारत)

तीव्र गतिका बलर जसप्रित बुमराह भारतीय टिमका मुख्य खेलाडी हुन् ।उनले प्रतियोगिताभर एकदमै अप्ठ्यारो अवस्थामा आएर विकेट निकालेका थिए ।

९. दिलशान मदुशंका (श्रीलंका )

श्रीलंकाका बाँया हाते तिव्रगतिका बलर दिलशानले प्रतियोगितामा २१ विकेट लिए । उनको टिमले सोचेजस्तो नतिजा निकाल्न नसक्दा पनि उनको बलिङ निकै महत्वपूर्ण रह्यो ।

१०. आदम जाम्पा (अष्ट्रेलिया)

अष्ट्रेलियाका स्पिनर जाम्पाले प्रतियोगिताभर २३ विकेट लिए । उनले नेदरल्यान्डस्विरुद्ध ८ रनमात्रै खर्चिएर ४ विकेट लिएका थिए ।

११. मोहम्मद शामी (भारत)

भारतीय तीव्र गतिका बलर मोहम्मद शामी यस प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने बलर हुन् । उनले यस प्रतियोगिताभर २४ विकेट लिए ।

१२. गेराल्ड कोएत्जी (दक्षिण अफ्रिका)

आइसीसीको टिम अफ द टुर्नामेन्टमा १२ औं खेलाडीको रुपमा दक्षिण अफ्रिकाका युवा तिव्र गतिका बलर गेराल्ड कोएत्जीलाई राखेको छ । उनले ८ खेलमा २० विकेट लिएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ६ : ३७ बजे

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा