आइसीसीको टिम अफ द टुर्नामेन्टमा भारतका ६ खेलाडी « Khabarhub

आइसीसीको टिम अफ द टुर्नामेन्टमा भारतका ६ खेलाडी


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकदिवसी विश्वकप क्रिकेट सकिएसँगै आइसीसीले ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा गरेको छ । आइसीसीको टिम अफ द टुर्नामेन्टमा भारतका ६ खेलाडी पर्दा विश्व विजेता अस्ट्रेलियाका कप्तान भने टिममा अटाएनन् । हेर्नुहोस आइसीसीको टिम अफ द टुर्नामेन्ट ।

१. क्विन्टन डि कक (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिकाका विकेटकिपर क्विन्टन डि ककको नाम आईसीसीको प्लेइङ ११ मा पहिलो नम्बरमा छ । उनले लिग चरणका खेलमा ४ वटा शतक बनाएका थिए ।

२. रोहित शर्मा (भारत)

भारतीय कप्तान तथा ओपनर रोहित शर्मा दोस्रो नम्बरमा छन् । उनले ओपनिङमा देखाएको प्रदर्शन सहरानीय रहेको छ । उनले प्रतियोगिताभर ५९७ रन बनाएका छन् ।

३. विराट कोहली (भारत)

विराट कोहलीले यो विश्वकपमा आफ्नो एकदिवसीय शतक ५० पूरा गरेका छन । उनले भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकरको रेकर्ड तोडे । उनले विश्वकपमा हालसम्मका कुनै पनि ब्याटरले जोड्न नसकेको जति ऐतिहासिक रन बनाए । उनले एकै विश्वकपमा ७६५ रन बनाए ।

४. डेरेल मिचेल (न्यूजिल्यान्ड)

न्यूजिल्यान्डका ब्याटर डेरेलले यस विश्वकपमा ५५२ रन बनाए । उनको टिम सेमिफाइनलबाट बाहिरिए पनि उनको प्रदर्शनले भने यस विश्वकपमा तारिफ कमाएको थियो ।

५. केएल राहुल (भारत)

भारतीय विकेट किपर ब्याटर केएल राहुलले यो विश्वकपमा ४५२ रन बनाए । उनी संयम भएर खेल्ने खेलाडी हुन् ।

६. ग्लेन म्याक्सवेल (अष्ट्रेलिया)

म्याक्सवेल अफगानिस्तानविरुद्धको खेलमा नटआउट दोहोरो शतक हान्दा अस्ट्रेलियाले हारेको खेल जितेको थियो । उनले नेदरल्यान्ड्सविरुद्ध ४० बलमा शतक प्रहार गर्दै विश्वकपमा सर्वाधिक छिटो शतक बनाउने खेलाडी बने ।

७. रविन्द्र जडेजा (भारत)

रविन्द्र जडेजा भारतीय टिमका बलिङ अलराउन्डर हुन । उनले भारतको लागि यो विश्वकपमा केही उत्कृष्ट पारी खेलेका थिए ।

८. जसप्रित बुमराह (भारत)

तीव्र गतिका बलर जसप्रित बुमराह भारतीय टिमका मुख्य खेलाडी हुन् ।उनले प्रतियोगिताभर एकदमै अप्ठ्यारो अवस्थामा आएर विकेट निकालेका थिए ।

९. दिलशान मदुशंका (श्रीलंका )

श्रीलंकाका बाँया हाते तिव्रगतिका बलर दिलशानले प्रतियोगितामा २१ विकेट लिए । उनको टिमले सोचेजस्तो नतिजा निकाल्न नसक्दा पनि उनको बलिङ निकै महत्वपूर्ण रह्यो ।

१०. आदम जाम्पा (अष्ट्रेलिया)

अष्ट्रेलियाका स्पिनर जाम्पाले प्रतियोगिताभर २३ विकेट लिए । उनले नेदरल्यान्डस्विरुद्ध ८ रनमात्रै खर्चिएर ४ विकेट लिएका थिए ।

११. मोहम्मद शामी (भारत)

भारतीय तीव्र गतिका बलर मोहम्मद शामी यस प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने बलर हुन् । उनले यस प्रतियोगिताभर २४ विकेट लिए ।

१२. गेराल्ड कोएत्जी (दक्षिण अफ्रिका)

आइसीसीको टिम अफ द टुर्नामेन्टमा १२ औं खेलाडीको रुपमा दक्षिण अफ्रिकाका युवा तिव्र गतिका बलर गेराल्ड कोएत्जीलाई राखेको छ । उनले ८ खेलमा २० विकेट लिएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ६ : ३७ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर