दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा  टिकटक प्रतिबन्धसम्बधी मुद्दाको सुनुवाइ स्थगित, चिकित्सा शिक्षाको गुणस्तरमा ध्यान दिन प्रधानमन्त्रीको आग्रह, गृह मन्त्रालयद्वारा अध्ययन समिति गठन, एमाले कोशी प्रदेश समितिद्वारा ११ सदस्य मनोनित, विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन, भूकम्प पीडितको अस्थायी आवासका लागि १ अर्ब ४१ करोड निकासा, पर्यटक बढेसँगै आम्दानीमा वृद्धिलगायतका समाचारले प्रमुख स्थान पाए । 

टिकटक प्रतिबन्धसम्बधी मुद्दाको सुनुवाइ स्थगित
टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सोमबार सर्वोच्च अदालतमा हुने भनिएको सुनुवाइ स्थगित गरिएको छ ।

चिकित्सा शिक्षाको गुणस्तरमा ध्यान दिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा चिकित्सा जनशक्ति उत्पादन र रोजगारीबीचको अन्तरसम्बन्धका आधारमा अध्ययन गर्न चाहने योग्य विद्यार्थीको आकर्षण तथा देशको स्वास्थ्य सेवा प्रवाह जोडिएको बताएका छन् ।

गृह मन्त्रालयद्वारा अध्ययन समिति गठन
सुशासन, समृद्धि र सामाजिक न्यायसहितको सरकारको लक्ष्यलाई प्रभावकारी बनाउन गृहमन्त्रालयले अध्ययन समिति बनाएको छ ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको लक्ष्य र गृहमन्त्रालय अन्तर्गतका निकायहरूको कार्यसम्पादनमा प्रभावकारिकता ल्याउन पूर्वमूख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा १० सदस्यीय अध्ययन समिति गठन गरेका हुन् ।

एमाले कोशी प्रदेश समितिद्वारा ११ सदस्य मनोनित
नेकपा एमालेको कोशी प्रदेश समितिमा ११ जना मनोनित भएका छन् । प्रदेश कमिटी बैठकले ११ जनालाई प्रदेश समितिमा मनोनित गरेको हो ।

मनोनित हुनेमा मोरङका भूराज राई, नागेश पोखरेल, पर्शुराम बस्नेत, अरुण राठी रहेका छन् । त्यसैगरी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, संखुवासभाका बद्री सापकोटा, भोजपुरका देवीराम चौंलागाईं, रामसिंह राई, खोटाङका तेज ढुंगाना, सुनसरीका प्रमोद शेर्पा र झापाका घनेन्द्र योङ्वा सुब्बा पनि समितिको सदस्यमा मनोनित भएका छन् ।

सडकमा आश्रित नागरिकको व्यवस्थापनका लागि कानुन ल्याउँछौ -प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले सडकमा आश्रित नागरिकको व्यवस्थापनका लागि सरकारले कानून बनाउने बताएका छन् ।

मानवसेवा आश्रमको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले बेवारिसे, असहाय, अनाथ, असक्त, जोखिममा परेका सडक आश्रित नागरिकको व्यवस्थापनका लागि सरकारले संसदमा विधेयक लैजाने बताए ।

विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
विशेष अदालतबाट भएको फैसला चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

कोरियाद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण
गणतन्त्र कोरिया सरकारले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जाँच सामग्री उपलब्ध गराएको छ । स्वास्थ्य क्षेत्रमा बहुउपयोगी सावित हुने अनुदानमार्फत हस्तान्तरण भएको स्वास्थ्य सामग्रीले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ ।

भूकम्प पीडितको अस्थायी आवासका लागि १ अर्ब ४१ करोड निकासा
सरकारले भूकम्प प्रभावित पाँच जिल्लामा अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ता बापतको एकमुष्ट १ अर्ब ४१ करोड रुपैयाँ निकासा भएकोे जानकारी दिएको हो ।

पर्यटक बढेसँगै आम्दानीमा वृद्धि
गत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे पर्‍यो । एकैदिन दुई हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक पुगेपछि उनीहरूलाई सुताउन र खाना खुवाउन व्यवसायीहरू २४सैँ घण्टा व्यस्त भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष बिक्रम गुरुङले सुनाए।

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, २० जना घाइते
रुकुमपश्चिममा जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतीक बूढा छन् ।

चितवनमा पाटेबाघ मृत फेला
चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ८ : ५९ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा