भूकम्पप्रभावित नागरिकको जीवनरक्षा गर्न एमालेको माग « Khabarhub

भूकम्पप्रभावित नागरिकको जीवनरक्षा गर्न एमालेको माग


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)को भूकम्पप्रभावित जिल्लाका नागरिकको जीवनरक्षाका लागि उचित प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा भूकम्पप्रभावित जिल्लाका नागरिकले उपचार नपाएर मृत्यु भएको खबरले दुःखित तुल्याएको उल्लेख गर्दै उनीहरूको जीवन रक्षाका लागि उचित प्रवन्ध गर्न आग्रह गरिएको छ ।

सरकारले वृद्ध, दीर्घरोगी, बालक, महिला, सुत्केरीलाई समयमा आवास, उपचार उपलब्ध गराउन नसक्दा दुःखद घटना भएको एमालेले जनाएको छ ।

यसैगरी एमालेले भूकम्पपीडितहरुको पुनःस्थापना र पुनःनिर्माणमा सहयोग गर्नका लागि भूकम्पप्रभावित क्षेत्रमा पार्टीका केन्द्रीय सदस्य किरण पौडेलको संयोजकत्वमा एक हजार एक सय जनाको स्वयम्सेवक टोली खटाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ८ : ४२ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान