कांग्रेसले भूकम्पप्रभावित क्षेत्रमा इञ्जिनियरसहितको स्वयंसेवक टोली पठाउने | Khabarhub Khabarhub

कांग्रेसले भूकम्पप्रभावित क्षेत्रमा इञ्जिनियरसहितको स्वयंसेवक टोली पठाउने


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले भूकम्पपीडितलाई बस्ने अस्थायी टहरा तत्काल बनाउन इञ्जिनियरसहितको स्वयंसेवक टोली पठाउने भएको छ ।

कांग्रेस पदाधिकारीको आज बसेको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पीडितलाई जाडोबाट थप प्रभावित हुन नदिन तत्काल अस्थायी टहरा बनाउनका लागि स्वयंसेवक टोली पठाउने निर्णय गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले वृद्धवृद्धा र सुत्केरी भएका परिवारका लागि प्राथमिकतामा राखेर टहरा बनाउनुपर्ने सुझाव दिएको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बैठकमा भूकम्पप्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि हालै फर्कनुभएका कांग्रेस उपसभापति तथा उप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र पार्टीका महामन्त्री गगनकुमार थापाले प्रभावित क्षेत्रको बस्तुस्थितिबारे जानकारी गराएका थिए ।

कांग्रेसले सो क्षेत्रमा तत्काल टहरा बनाउनका लागि जनशक्ति कमी देखिने भएपछि पार्टीमा आबद्ध इञ्जिनियर, ओभरसियर, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल सम्मिलित संयुक्त टोली पठाउने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । कांग्रेसले तत्काल १०÷१० जना रहेको २५ टोली प्रभावित क्षेत्रमा तत्काल पठाउने जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ८ : ५२ बजे

पाकिस्तानले हाइस्पीड मिसाइल दाग्यो : भारत

एजेन्सी – पाकिस्तानले पञ्जाबस्थित सैन्य अड्डामा तीव्र गतिको (हाइस्पीड) मिसाइल

शुक्लाफाँटामा १० शय्याको नगर अस्पताल अन्तिम चरणमा

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल निर्माण

इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण ओमानमा हुने

एजेन्सी– इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता

टीआरसी छनोट प्रक्रिया खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं– टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न

कम्युनिष्ट आन्दोलन निष्ठातर्फ अघि बढाउन चुनौति : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई