दुर्गा प्रसाईंको कार्यक्रम रत्नपार्कमा, ५० हजार मान्छे उतार्ने दाबी (अन्तर्वार्तासहित) | Khabarhub Khabarhub

दुर्गा प्रसाईंको कार्यक्रम रत्नपार्कमा, ५० हजार मान्छे उतार्ने दाबी (अन्तर्वार्तासहित)


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजतन्त्र पुनःस्थापनाका लागि भन्दै मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रर्दशन रत्नपार्कमा हुने भएको छ ।

सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेपछि प्रसाईंको कार्यक्रम रत्नपार्कमा हुन लागेको हो ।

सो दिन काठमाडौंमा ५० हजार मानिस उर्ताने प्रसाईंले दाबी गरेका छन् । व्यवस्था परिवर्तन चाहने देशैभरका नागरिक आजैदेखि काठमाडौंमा भेला हुन लागेको उनको भनाइ छ ।

प्रसाईंले मंसिर ७ देखि सुरु हुने आन्दोलन व्यवस्था परिवर्तन नहुञ्जेल जारी रहने बताए । खबरहबसँगको कुराकानीमा माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गर्ने प्रशासन कार्यालयको निर्णय स्वागतयोग्य भन्दै उनले भने ‘गोबिन्द केसी, माधव नेपाल, प्रचण्डहरु हामी यहाँ छौं भन्दै बसेको ठाउँ भएकाले मलाई त्यहाँ जान मन पनि छैन ।’

मंसिर ७ गते प्रसाई र नेकपा एमालेको भातृ संगठन युवा संघको कार्यक्रम जुधेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो ।

माइतीघरमा कार्यक्रम गर्न नपाउने भएपछि युवा संघले तीनकुनेमा कार्यक्रम गर्ने जनाएको छ । प्रसाईंको कार्यक्रम लक्षित युवासंघको प्रदर्शनलाई एमालेले आफ्नो शक्ति प्रदर्शनीको रुपमा लिएको छ ।

प्रस्तुत छ प्रसाईंसँग गरिएको संक्षिप्त कुराकानी :

माइतीघरमा तपाईंहरुको प्रदर्शनलाई मध्यनजर गर्दै निषेधित क्षेत्र घोषणा गरियो यसबारेमा तपाईंको धारणा के छ ?

यो माइतीघर भनेको मलाई पहिलादेखि नै मन नपरेको ठाउँ हो । किनभने गोबिन्द केसी, माधव नेपाल, प्रचण्डहरु जस्ता मान्छेहरु हामीले यहाँ छौं भनेर बसेको ठाउँ हो त्यो । साह्रै अलच्छिने ठाउँ हो ।

म कहिल्यै पनि माइतीघर मण्डलामा गइनँ । म भोलि पनि जाँदिन माइतघर मण्डलामा । जीवनमा मेरो ठूलो निर्णय नै यही हो । धेरै कार्यक्रम भयो म माइतीघर मण्डलामा गइनँ । धेरै कर गरेर एउटा कार्यक्रममा मात्र म त्यहाँ गएको छु । मेरो कार्यक्रम चाहिँ म त्यहाँ लिएर जान्नँ ।

राजतन्त्र पुनःस्र्थापनाका लागि तपाईंले आह्वान गरेको कार्यक्रममा कति मान्छे सहभागी हुने आकलन छ ?

मान्छे त त्यही दिन देखिहालिन्छ नि । ५० हजार त काठमाडौं हिजो र आजै गइसके । काठमाडौंका घर र गल्लीबाट पर्सि हाम्रो कार्यक्रममा मान्छे निस्कन्छन् ।

हाम्रो कार्यक्रम भनेको सर्वहारा वर्ग, आदिवासी, जनजाति, गरिब, लघुवित्त पीडित, मजदुर, मध्यम व्यापारी, बागमती किनारका सुकुमबासीहरुको हो । यो घर घरको आन्दोलन हो । पूर्व मेचीदेखि महाकालीसम्मका मानिसको कार्यक्रम हो ।

हाम्रो कार्यक्रम मुलुकभरी हुन्छ । तर, पर्सिको हकमा हामीले कि रत्नपार्क देउ कि तीनकुने देउ भनेर निवेदन दिएका छौं ।

जिल्ला प्रशासनले माइतीघर-बानेश्वर सडकखण्डमा प्रदर्शन गर्न रोक लगाएपछि युवा संघले तीनकुनेमा कार्यक्रम गर्ने भएको छ । अब तपाईंको कार्यक्रम रत्नपार्क मै हो ?

हामीलाई जहाँ दिए पनि हुन्छ हामी महेश बस्नेत होइनौं नि त । उद्घाटन समारोह हाम्रो रत्नपार्कमै हुन्छ । हाम्रो मान्छे ७ गते मात्रै होइन, व्यवस्था परिवर्तन नभएसम्म हाम्रा मान्छे काठमाडौंमै हुन्छन् ।

एमाले नेता महेश बस्नेतविरुद्धको आक्रोशको चुरो कारण के हो ?

महेश बस्नेतविरुद्ध चाहिँ किन हो भने उसले मैले गर्दै गरेको कार्यक्रममा उसका गुण्डा लगाएर मलाई कालो मसो दलाउने, आफू फिलिम बनाएर हिड्ने, मलाई विभिन्न आरोप लगाउने गरेको छ ।

अहिले रिजवान आलम भन्ने दुबईमा भएको व्यक्ति खोजेर मलाई केटीको काण्ड लगाएको छ । महेशले मलाई कहिले हुण्डी कारोबार गर्‍यो भन्छ । रिजवानले यहाँको मान्छेलाई लगेर केटीहरुसँग फोटो खिजेर फसाउँछ । त्यो फोटो बेचेर खाने मान्छे हो ।

कार्यक्रमका लागि झापाबाट कहिले काठमाडौं आउने ?

म पर्सिसम्म काठमाडौं आउँछु ।

यो पनि हेरौँ :

मंसिर ७ पछि दुर्गा प्रसाईंको बेलुन फुट्छ : महेश बस्नेत

माइतीघरलाई निषेधित क्षेत्र घोषणापछि युवासंघले सार्‍यो प्रदर्शनस्थल

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ९ : १० बजे

अजयको ‘सन अफ सरदार २’ जुलाई २० बाट प्रदर्शनमा आउने

काठमाडौं– सन् २०१२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘सन अफ

इरानमा शासन परिवर्तनको चर्चा अस्वीकार्य : क्रेमलिन प्रवक्ता

मस्को– क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले इरानमा शासन परिवर्तनको कुनै

लालबस्तीमै रित्तियो माओवादी

चतरा (सुनसरी) – आफूलाई कम्युनिष्ट दाबी गर्नेहरूले आदर्श मान्ने, साम्यवादका

इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा छौँ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा रहेका

३४ लाख लागतमा खानेपानी आयोजना निर्माण

बेलबारी– मोरङ लेटाङ नगरपालिका–७  समलावासीको लामो समयदेखि खोला, खोल्सा धाएर